अवैध लागु औषध सहित प्रहरीले दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने २२ वर्षीय सुनिल सोनार र मकवानपुर हेटौंडा महानगरपालिका-११ बस्ने आयुस बिश्वकर्मा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै उनीहरुलाई वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार