पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

‘यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ, उनले हतियारको बिक्री तथा प्रयोगका नियम परिवर्तन नहुनुपर्ने पक्षमा रहेकाहरूको एक सम्मेलनमा भने।

ह्युस्टनमा अमेरिकाको सबैभन्दा ठूलो बन्दुकधारी समूह न्यास्नल राइफल एसोसिएसन एनआरएको बैठक भइरहेको छ। युभाल्डीमा एक किशोरद्वारा सामूहिक गोली प्रहार गरेको तीन दिनपछि उक्त बैठक सुरु भएको हो।

‘हामीले इराक र अफगानिस्तानमा करोडौँ खर्च गर्‍यौँ र त्यसबाट केही उपलब्धि भएन,’ ट्रम्पले शुक्रवार दिएको मन्तव्यमा धेरैले चर्को तालीसहित समर्थन जनाएका थिए। उनले भने, ूहामीले संसारको बाँकी राष्ट्र निर्माण गर्नुअघि हाम्रो आफ्नै देशमा हाम्रा आफ्नै बच्चाहरूको लागि सुरक्षित विद्यालय निर्माण गर्नुपर्छ।’

यस महिनाको सुरुवातमा अमेरिकी कंग्रेसमा युक्रेनलाई सैन्य सहायतामा लगभग ४० अर्ब डलर पठाउने विषय पारित भएको थियो।

अमेरिकी सांसदहरूले फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि हालसम्म युक्रेनमा करिब ५४ अर्ब डलर बराबरको सहयोग पठाएका छन्। अर्ब डलर बराबरको सहयोग पठाएका छन्।

ट्रम्पले बन्दुक नियन्त्रणमा कडाइ गर्नु पर्ने मागको विरोध गर्दै ूदुष्टूहरूविरुद्ध आफ्नो रक्षा गर्न सभ्य अमेरिकीहरूलाई बन्दुक बोक्ने अनुमति दिनुपर्ने बताए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार