हल्दिबारी । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । बुधबार आईओसीले पठाएको नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा तीन अर्ब ७ करोड पचास लाख र मासिक ६ अर्ब १५ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर २२.९३ रुपैयाँ, डिजेलमा १९.७३ रुपैयाँ र खाना पकाउन प्रयोग हुने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५१.१४ रुपैयाँ घाटा हुने जनाइएको छ । अहिले नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल प्रतिलिटर १६३ र एलपी ग्याँस १८०० रुपैयाँमा बिक्री भइरहेको छ  । आईओसीले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोल खरिद गर्न प्रतिलिटर २०२.९३ रुपैयाँ, डिजेल १८२.७३ रुपैयाँ र एलपी ग्याँस २५५१.१५ रुपैयाँ पर्छ ।

 

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा रहेको छ । मट्टीतेलमा प्रतिलिटर १५.०८ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७.३६ रुपैयाँ र बाह्यतर्फ प्रतिलिटर ६४.५७ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार