रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्र रूसमा गाभिएको बताएका छन्। उनले ती क्षेत्रको सबै तरिकाबाट बचाउ गर्ने र ती भूभागमा सुरक्षा सतर्कता बढाउने बताए। कुलीन रूसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले युक्रेनको लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रूसमा गाभिएको घोषणा गरेका हुन्।

युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन पनि उनले आह्वान पनि गरेका छन्। युक्रेनका थप चार क्षेत्रलाई गैरकानुनी रूपमा गाभ्ने मस्कोको एउटा बृहत् हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो भूभाग गाभिएको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।

ती गाभिएका क्षेत्रमा बस्ने मानिसले नै त्यस्तो छनोट गरेको उनले दाबी पनि गरे। तर, ती क्षेत्रमा गरिएका जनमतसंग्रह भने देखावटी भन्दै निन्दा भएको छ। संयुक्त राष्ट्रसंघ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसंग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्। राष्ट्रसंघले त्यसरी अर्को देशको भूमि आफूमा गाभ्नुले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने जनाएको थियो।

रूसले गाभेको भनिएका ती क्षेत्रमा नियुक्त गरेका नेताहरूले औपचारिक पत्रमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति पुटिनले पनि त्यसमा हस्ताक्षर गरेका छन्। ती क्षेत्रका प्रतिनिधिहरूबीच परिचय गराइँदा दर्शकले ताली बजाएका थिए।

यो विषयलाई लिएर पश्चिमा देशहरूले भने विरोध जनाएका छन्। ती क्षेत्रलाई रसियन फेडेरेसनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन ्। भाषणमा पुटिनले उग्रराष्ट्रवादी भएर र पश्चिमा विरोधी भएर भाषण दिएका थिए। बिहीबार संयुक्त राष्ट्रसंघका महासचिवले रूसको युक्रेनका क्षेत्रहरू गाभ्ने रूसी योजनाको निन्दा गरेका थिए। यसैबीच, युरोपेली संघअन्तर्गतका देशहरूले रूसको कदमको स्पष्ट रूपमा निन्दा गर्दै त्यसलाई अस्वीकार गर्ने बताएका छन्। युक्रेनी भूभागलाई आफूमा गाभ्ने रूसको कदमलाई उनीहरूले गैरकानुनी भनेका छन्।

एउटा संयुक्त विज्ञप्तिमा ती देशका नेताहरूले त्यसरी गाभिएको क्षेत्रको पहिचान कहिल्यै नगरिने बताएका हुन्। उनीहरूले रूसको त्यस्तो कार्यले विश्वव्यापी सुरक्षालाई खतरामा पारेको बताएका छन्। युक्रेनसँगको ऐक्यबद्धता पनि उनीहरूले दोहो¥याएका छन्। रूसको परमाणु धम्कीले आफूहरूको संकल्प नडग्मगिने पनि उनीहरूले बताएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन डेर लायनले पुटिनको कदमले केही पनि परिवर्तन नगरेको बताइन्।

सन् २०१४ मा पनि रूसले युक्रेनको क्राइमियालाई यसैगरी गाभेको थियो। त्यतिबेलाको जनमतसंग्रहको पनि आलोचना गरिएको थियो। यसअघि थुप्रै नागरिकहरू ज्यापोरिज्यास्थित रूसी हमलामा मारिएको र घाइते भएको भन्ने विवरण आएका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार