जलथल ,२४ मङ्सिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि .को ३० औं वार्षिक साधारणसभा अन्तरगत बडाबारी उपइकाई साधारणसभा आज सम्पन्न भएको छ ।

हल्दिवारी गाउँपालिका ४ का वडा अध्यक्ष सन्तकुमार मगरको प्रमुख आतिथ्य तथा बडाबारी इकाई अध्यक्ष टंकनाथ भट्टराईको सभापतित्वमा सम्पन्न साधारणसभाले संस्थाको नितितथा कार्यक्रम लाई पारित गर्दै केन्द्रिय सभामा अनुमोदनको लागी लैजाने निर्णय गरेको छ ।

यही मङ्सिर १८ बाट शुरु भएको इकाईगत साधारणसभा पौष २ गते माइन्युट प्रमाणित सभा आयोजना गरी सम्पन्न हुने NMC ले जनाएको छ ।

संस्थाको कुल सम्पत्ति ११ अर्व ९९ करोड ६१ लाख ६५ हजार ५९ रुपैया रहेको छ भने चुक्ता सेयर पुजी १ अर्व ३५ करोड ५८ लाख ९५ हजार रहेको लेखा परिक्षण प्रतिबेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी NMC ले आर्थिक बर्ष २०७८/ ०७९ मा १४ करोड ४५ लाख १७ हजार ९ सय ९२ रुपैया खुद नाफा गरेको समेत प्रतिबेदनमा उल्लेख गरिएको छ ।

संस्था अन्तर्गतका ५ ओटा व्यवसाय र ७० भन्दा बढी व्यवसायीक इकाईहरुबाट कारोबार हुने गरेको छ भने झापा ,मोरङ र इलाम जिल्लामा संस्थाले आफ्नो कार्यक्षेत्र बनाएको पाइन्छ । १ लाख ३५ हजार ७ सय १७ जना सदस्य रहेको संस्थामा ११२५ जना कर्मचारी रहेकोे समेत बताइएको छ।

आज सम्पन्न बडाबारी इकाईगत बार्षिक साधारणसभाले टंकनाथ भट्टराई ,ओमकृस्ण सेलवाल र मिना मेचेलाई प्रतिनिधिमा सेवाकेन्दबाट चयन गरेको छ भने साविक जलथल गाविसमा ८ सय भन्दा बढि सदस्य रहेको समेत जनाइएको छ ।

पाथीभरा कालिका सामुदायिक बनको सभाहलमा सम्पन्न सभालाई प्रमुख अतिथि सन्तकुमार मगर , केन्द्रिय प्रतिनिधि कमल गुरागाई , संस्थाका वरिष्ठ प्रवन्धक चेतनाथ शर्मा पौडेल , इकाई सभापति टंकनाथ भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियोे ।

बडाबारी इकाईगत केन्द्रका सदस्य राम प्रसाद ढकालले स्वागत गर्नु भएको ३० औं साधारणसभको सहजीकरण केन्द्रका प्रमुख बिस्णु पौडेलले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार