हल्दिवारी, २९ पौष ।  कर्णाली साकोस मंगलबारे सेवा केन्द्रले हल्दिवारी ४ मा भएको आगलागी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । कर्णाली सेयरसदस्य परिवारलाई १०/१० हजार र गैर सदस्य परिवारलाई ५/५ हजार नगद पीडित परिवारको घरमै पुगेर  उपलब्ध गराएको छ ।

साकोसका केन्द्रिय सचीव भुपाल बस्नेतको नेतृत्वमा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली र वडा अध्यक्ष सन्तकुमार थापाले पीडित परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
यही पौष २२ गते शुक्रबार राती स्थानीय पदम शिवाकोटीको २ बिगाहा १० कट्ठा , अग्नि सिवाकोटीको १ बिगाहा १० कट्ठा , राम प्रसाद ढकालको २ बिगाहा र बडाराम हेमरमको ३ बिगाहा १० कट्टामा लगाएको धानको कुन्युमा आगजनी भएको थियोे ।
पदम शिवाकोटी ,अग्नि सिवाकोटी र राम ढकालको अधियारा खेती गर्ने परिवारलाई कर्णालीले सहयोग उपलब्ध गरेको संस्थाका सचीव भुपाल बस्नेतले बताउनु भयो ।
सहयोग हस्तान्तरण गर्दै पालिका उपाध्यक्ष मैनालीले कर्णालीको प्रसंशा गर्दै अपराधीक मनसायले गरिएको आगलागीको गहिरो छानबिन गर्नुपर्ने बताउदै गाउँपालिकाले समेत उचित क्षयतीपुर्ति सहयोग उपलब्ध गराउने आश्वासन दिनु भएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार