बिर्तामोड । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । सोमबार पार्टी कार्यालयमा भएको बैठकसँगै केन्द्रले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन गरेको हो ।

मुलुक नेकपा माओवादी केन्द्रको एजेण्डाबाट अगाडी बढिरहेको भएपनि संगठन निर्माणको हिसाबले कमजोर बन्दै गएको ठहर गर्दै पार्टी संगठन सुदृढीकरण तर्फ लागेको छ । कार्यक्रमका अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नी)ले संगठन सुदृढ गर्दै लैजाने, पुराना सबै बामपन्थी पार्टीहरुलाई ध्रुविकरण गर्दै लैजाने दिशामा पार्टी अगाडी बढेको बताए । जनता नै पार्टी निर्माणको मुल आधार रहेकाले जनसम्बन्ध विस्तारलाई तीब्रता दिइएको उनले जानकारी दिए ।

पार्टीले जनवर्गीय संगठन निर्माणलाई समेत तीब्रता दिएको छ । उसले जनवर्गीय संगठनको अधिवेशन गराउने र नयाँ नेतृत्व चयन गर्दै चलायमान बनाउने कार्य गरिरहेको छ । संयोजक आचार्यले कार्यकर्ताहरुलाई उत्कृष्ट काम गरेर देखाउन आग्रह गर्दै पदको पछाडी भन्दापनि कामको पछि लाग्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी धर्मशिला चापागाई, झलकसिं दर्लामी, हरिकुमार राना र प्रदेश अध्यक्ष हर्कबहादुर  नेम्बाङ (मिक्सो)ले बिषयबस्तु बारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा समयमै अधिवेशन गर्न सफल जनवर्गीय संगठनलाई सम्मान पत्र प्रदान गरिएको थियो भने जनयुद्ध दिवसका दिन आयोजित वत्तृत्वकलामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय तथा प्रदेश कमिटि सदस्यहरु, जिल्लाका सह इञ्चार्जहरु, पदाधिकारी तथा सदस्यहरु, नगर कमिटी पदाधिकारी तथा सदस्यहरु र कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार