हल्दिबारी, ५ चैत । हल्दिबारी गाउँपालिका वडा नं. २, पाराखोपी बजारमा रहेको श्री नवदुर्गा मन्दिर परिसरमा स्व.सारदा प्रसाद पराजुलीको परिवारबाट पन्ध्रलाख मुल्य बराबर को शिव मन्दिर स्थापना गरिदिनु भएको छ ।

नेपाल प्रहरीका पुर्व डि.आइ.जी. समेत रहनु भएका स्व. पराजुलीकी श्रीमती शुभद्रा पराजुली, छोरा सुयोग पराजुली, छोरीहरु संगिता पराजुली लम्साल र सर्मिला पराजुली ओझाले आफ्ना श्रीमान÷बुवाको नाममा शिव मन्दिर बनाई दिएको मन्दिर ब्यवस्थापनका अध्यक्ष कुमार भण्डारीले जानकारी दिएका छन् ।

आज मन्दिर परिसरमा स्व. पराजुलीका दाजु पुर्व हल्दिबारी गा.वि.स. उपाध्यक्ष तारा प्रसाद पराजुली र भाई बलराम पराजुलीले धार्मीक विधि द्धारा प्राण प्रतिष्ठान गरि मन्दिरमा शिवलिङ्ग, नाग र नन्दिको पुजा गरि सवैका लागि विधिवत रुपमा पुजाआजा खुल्ला गरिएको छ ।

दुर्गा मन्दिर परिसरमै रहेको शिव मन्दिरलाई ब्यवस्थित रुपमा संचालन अक्षयकाेषकाे स्थापना गर्न लागिएको स्व. पराजुलीका भाई बलराम पराजुलीले बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
3
+1
6
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार