बिराटनगर, २८ बैशाख । छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रि भई दुर्घटना हुँदा पछाडी बसेकी आमाको मृत्यु भएको हो  ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुदाँ आमा मानकीदेवी साहको मृत्यु भएको हो । उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्षिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो ।

दुर्घटना पछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए । उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भए पछि छोरामाथी भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार