काठमाडौं । आफूलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको कैफियत फाइल मगाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतकले जबरजस्ती करणी अभियोगमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । हाल डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले बिहीबार काठमाडौं जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

सोही निवेदनउपर शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो। संघीय संसदकी कर्मचारी रोशनी शाहीमाथि यौनदुराचारको आरोपमा गएको असोज १९ गते पक्राउ परेका महरालाई कात्तिक १८ गतेकाठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार