हल्दीबारी गाउँपालिका, गाउँ कार्यपालिकाको असोज महिनाको नियमित मासिक बैठक मिति २०७६ साल असोज ०५ गते ११ः०० बजे गाउँपालिकाका अध्यक्ष श्री रविन्द्र प्रसाद लिड््देन ज्यूको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा सम्पन्न भयो । बैठकले गरेका तपशिल बमोजिमका महत्वपूर्ण निर्णयहरुलाई सर्वसाधारण सबैको जानकारीका लागि प्रेस–विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।

तपशिल ः १) नेपाल सरकारबाट संचालित तराई मधेस समृद्धि कार्यक्रम मार्फत चालु आ.व.०७६÷७७ मा यस गाउँपालिकालाई प्राप्त आयोजनाहरु मध्ये श्री लक्ष्मी मा.वि. हल्दीबारी‐३ को खाली पूर्व पट््टीको खाली जग्गामा पूर्व पट््टी फर्काइ व्यवसायिक कृषि टहरा निर्माणका लागि रु ६० लाख बरावरको टहरा निर्माण गर्ने तथा अल्पसंख्यक तथा कमजोर आर्थिक अवस्था भएका परिवारका लागि सामुहिक आवास निर्माण गर्न श्री जनता प्रा.वि. हल्दीबारी‐२ ले भोगचलन गरिरहेको जनता प्रा.वि. को दक्षिण तर्फको सार्वजनिक जग्गा साविक हल्दीबारी‐८ को १ विगाहा १८ कठ््ठामा रु ७० लाखको सामुहिक आवास निर्माण गर्ने ।

२) श्री हल्दीबारी मा.वि. हल्दीबारी‐२ लाई चालु आ.व. ०७६÷७७ मा शसर्त अनुदान मार्फत प्राप्त विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदानको रकम रु १ करोड ४२ लाख रुपैयाँ मध्ये रु १ करोड निर्माणाधिन भवन निर्माण आयोजनामा विनियोजन गर्ने तथा रु ४२ लाख नमुना विद्यालयको कार्ययोजना बमोजिमको कार्यका लागि विद्यालयको बैंक खातामा उपलब्ध गराउने । ३) हल्दीबारी गाउँपालिकाको मिति २०७६०५२३ को निर्णय बमोजिम विभिन्न १३ जना शिक्षकहरुलाई अन्तर विद्यालय कामकाजमा खटाउने निर्णय गरेकोमा निर्णय कार्यान्वायनमा सहयोग गर्नुहुने विद्यालय तथा शिक्षकहरुलाई धन्यवाद दिने तथा निर्णय कार्यान्वायनमा असहयोग गर्ने विद्यालय तथा शिक्षकहरुलाई अविलम्व खटाइएको विद्यालयमा रमाना गर्ने व्यवस्था मिलाउन निर्देशन दिने तथा अटेर गर्ने विद्यालय तथा शिक्षकको तत्कालका लागि गाउँपालिकाबाट निकासा गरिने तलव भत्ता लगायतका आर्थिक सुविधामा रोक लगाउने ।

४) फेरी पनि घुम्न जाउँ हल्दीबारी गाउँ अभियान कार्यान्वायनका लागि भेलागढी सामुदायिक वन उपभोक्ता समुह हल्दीबारी‐२ को हाताभित्र आसन्न बडादशैं र दिपावलीको मध्यमा हल्दीबारी महोत्सवको आयोजना गर्ने तथा सोको व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा, गाउँपालिका उपाध्यक्ष सदस्य, सवै वडाका वडाध्यक्षहरु सदस्य, प्रमुख प्रशासकीय अधिकृत सदस्य, सा.व.उ.स. का अध्यक्ष र सचिव सदस्य र प्रशासन साखा प्रमुख सदस्य सचिव रहेको ११ सदस्यीय कार्यक्रम आयोजक मुल समारोह समिति गठन गरियो ।

५) विद्यार्थी संख्या न्यून भएका तथा शैक्षिक गुणस्तर कमजोर भएका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबैलाई सहभागी गराई शिक्षा क्षेत्रका विज्ञहरुबाट अभिमुखिकरण कार्यक्रम संचालन गर्ने । ६) चालु तथा पुँजिगत प्रकृतिका कार्यक्रम संचालन गर्नका लागि जनताको सुविधालाई समेत मध्यनजर गर्दै सबै वडाहरुलाई कम्तीमा रु ५ लाख रुपैयाँ एकमुष्ट पेश्की रकम उपलब्ध गराउने । ७) स्थानीय देवनिया खोलाबाट नदिजन्य सामाग्री उत्खनन््का लागि ठेक्का प्रकृया अगाडी बढाउने चरणमा रहेको हुँदा हाललाई साविक जलथल र हल्दीबारी सीमाना कन्टरगुटु पूर्व एक किलोमिटर उत्तर दक्षिणबाट र भेलागढी नाकाबाट मात्र सर्वसाधारणका लागि नदिजन्य सामाग्री उत्खनन््का लागि खुल्ला गर्ने साथै अन्य नाकाबाट उत्खनन्् गरेको पाइएमा पहिलो पटकका लागि रु ५ हजार, दोस्रो पटकका लागि रु १० हजार र तेस्रो पटक ढुवानीका सवारी साधन नियमानुसार जफत गर्ने ।

८) हल्दीबारी गाउँपालिकाको मिति २०७६ साल असोज ०६ गते बसेको गाउँ विपद्् व्यवस्थापन समिति बैठकको निर्णय अनुसार गाउँपालिका क्षेत्रका किसानहरुले लगाएको धानबालीमा देखिएको फौजि किराको संक्रमण तत्काल रोकथामका लागि गाउँपालिकाको तर्फबाट औषधी र प्राविधिक सेवा उपलब्ध गराउने तथा सो को व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष ज्यूको संयोजकत्वमा कृषि विकास परिषद््का अध्यक्ष सदस्य र कृषि साखा प्रमुख सदस्य रहेको गाउँपालिका स्तरिय र सम्बन्धित वडाका अध्यक्षको अध्यक्षतामा वडा कृषि समितिको अध्यक्ष सदस्य र वडा सचिव सदस्य रहेको समिति गठन गरियो ।

सागर पोर्तेल (प्रवक्ता)

हल्दीबारी गाउँपालिका झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार