चर्चित खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी धेरै कमाउने खेलाडी बनेका छन् । 

उनले किस्टियानो रोनाल्डो भन्दा पनि बढी कमाएका छन् । बिश्वमै चर्चित र सफल खेलाडीमा परेका यी दुई खेलाडीले राम्रो कमाइ गर्ने गर्छन् । जसमा मेस्सीले रोनाल्डो भन्दा बढी कमाउछन् । 

अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार लियोनल मेस्सीले एक सातामा ८ लाख तीस हजार यूरो कमाउने गर्छन् । 

त्यस्तै रोनाल्डोले सातामा ६ लाख ४५ हजार यूरो कमाउने गर्छन् । यी दुईको प्रतिघण्टाको कमाइ हेर्दा पनि मेस्सीले नै धेरै कमाउछन् । 

मेस्सीले  प्रतिघण्टा ५ हजार युरो कमाउने गर्छन् भने रोनाल्डोले प्रतिघण्टा  ३ हजार ८ सय युरो कमाउछन् । एजेन्सी 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार