काठमाडौं – काठमाडौंको त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानमाथि कुटपिट भएको छ । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुरलाई क्याम्पसमा विद्यार्थीले कुटपिट गरेका हुन् । क्याम्पसका विद्यार्थीले ट्युसन फि बढाएको भन्दै क्याम्पस प्रमुखलाई कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट क्यम्पस प्रमुख घाइते भएको र उनको उपचारको लागी वीर अस्पतालमा लगिएको बताइएको छ । उनको नाक र ढाडमा चोट लागेको बताइएको छ । शुक्रबार  त्रिचन्द्र क्याम्पसले व्यवस्थापन समितिमार्फत ट्युसन शुल्क बढाउने निर्णय गरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार