हल्दिवारी गाउँपालिका गाउँ शिक्षा समितिको आयोजनामा ४० औं शिक्षा दिवस भव्यताका साथ हल्दिवारी मावीको प्राङ्गणमा सम्पन्न भएको छ । गाउँ शिक्षा समितीका संयोजक तथा गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिको सभापतित्व तथा प्रदेश सभा सदस्य पूर्णसिंह राजवन्सीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा सामुदायिक तथा सस्थागत बिध्यालयमा कार्यरत शिक्षक / कर्मचारी ,विध्यालय निरीक्षक तथा स्रोत व्यक्ति ,SEE – २०७५ मा उत्कृष्ट नम्बर ल्याई उतिर्ण हुने विद्यार्थी तथा शैक्षिक भौतिक सम्भावना बोकेको एक विद्यालय सम्मानित तथा पुरस्कृत भएका छ्न । उक्त अवसरमा हल्दिबारी मावीका शिक्षक मित्र बहादुर बस्नेत ,रमेशचन्द्र पौडेल ,जनजागृती मावीका प्रेमराज घिसिङ ,ज्योति अङ्ग्रेजी स्कुलका प्रलाद सिलवाल ,बाल शिक्षक गरमकाली आवसिय विद्यालयकि सरिता थापा सरस्वती आ. वि का कर्मचारी गोपालसिह राजवन्सी लगायतलाई नगद ,प्रमाणपत्र दोसल्लाले सम्मान गरिएको थियो ।

सोहि अवसरमा SEE परिक्षा २०७५ मा ३.२५ भन्दा माथी अङ्क ल्याई उतिर्ण हुने हल्दिवारी माविका कुशल काफ्ले ,निलिमा भेटवाल ,जनजागृती मावीका नवराज खतिवडा ,निरु अधिकारी ,महेन्द्र मावीका दिपेश गुरागाई तथा जिनिका खतिवडालाई ब्राण्डेट ल्यापटप ,प्रमाणपत्र दोसल्लाले सम्मान तथा पुरस्कृत गरिएको थियो । उक्त अवसरमै महेन्द्र मावी जलथल चिल्ड्रेन गाड्रेन एकाडेमी गोलधापलाई SEE परिक्षाको आधारमा उत्कृष्ट घोषणा गर्दै नगद २५ /२५ हजार सहित सम्मान गरिएको थियोे भने सरस्वती आ. विलाई शैक्षिक तथा भौतिक सम्भावना बोकेको विद्यालयको रूपमा नगद ५१ हजार सहित सम्मान गरिएको थियोे ।

त्यस्तै गाउँ शिक्षा समिति विध्यालय निरीक्षक दिनेस प्रसाद आचार्य तथा स्रोत व्यक्ति सुर्य प्रसाद सापकोटालाई सम्मान सहित बिदाई गरिएको थियोे । सोही अवसरमै निवृत्त शिक्षक तथा कर्मचारीहर भवानी प्रसाद पराजुली ,भगिरथ खरेल ,देवि प्र. ओलि ,मनोरथ तिम्सिना ,सुर्य बा. भण्डारी ,सुर्य बा. राई ,चेतनाथ आचार्य ,प्रदिप राज नेपाल ,रतन कुमार मेचे ,कृष्ण बा. अधिकारी ,जगन्नाथ चौलागाईं तथा चन्द्र पहाडी दाहाल लगायतलाई शिक्षाको क्षेत्रमा गरेको योगदानको कदर गर्दै संमान गरिएको थियोे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्णसिंह राजवन्सी ,गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , गाप उपाध्यक्ष डम्बर बहादुर गिरि ,प्रसासकिय अधिकृत सन्तोष घिमिरे ,वडा अध्यक्ष राजेन्द्र योङ्गहाङ ,सम्मानित व्यक्तित्व दिनेस प्रसाद आचार्य ,हल्दिवारी माविका प्राचार्य टंक बहादुर पाख्रीङ लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । वडा नम्बर ३ अध्यक्ष तथा शिक्षा समिती सदस्य रोसन सिवाकोटीले स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण गाउँ शिक्षा समितिका निमित्त प्रमुख राम दाहालले गर्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार