हल्दिवारी गाउँ पालिका स्थित श्री जयदुर्गा कृषि सहकारी सस्था लि . हल्दिवारी ४ झापाको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष सत्येन्द्र कुमार कर्णको सभापतित्वमा सम्पन्न साधारण सभालाई प्रमुख अतिथि चुडाल ,वडा सदस्य गिता भण्डारी ,रेडक्रस कर्मी कर्णखर प्रसाईं ,सहकारी कर्मी देवि प्रसाद ओलि ,ॐ प्रसाईं ,गङ्गा प्रसाद शिवाकोटी ,लय प्रसाद शिवाकोटी ,रिता खरेल लगायतले शुभकामना राख्नु भएको थियोे ।

उक्त कार्यक्रममा अध्यक्ष द्दारा प्रस्तुत प्रतिबेदन सस्थाका अध्यक्ष सत्येन्द्र कुमार कर्ण ,कोषाध्यक्ष तथा लेखापरीक्षण प्रतिबेदन कोषाध्यक्ष जीवन बिमली तथा लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन लेखा समिति सदस्य नर बहादुर बस्नेतले प्रस्तुत गर्नु भएको थियोे । सस्थामा ३६४ सेयर सदस्य रहेका छ्न भने आर्थिक वर्ष ०७५/०७६ मा सस्थाले २ करोड २१ लाख ६७ हजार ५२४ रुपैया ५० पैसाको कारोबार गरेको छ भने ०७५/०७६ को खुद नाफा ३ लाख १६ हजार ९८९ रुपैया गरेको सस्थाको प्रतिबेदनमा जनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि चुडालले सस्थाले प्रदान गरेको असल बचतकर्ता पदम कुमारी श्रेष्ठ तथा तिल बहादुर बिस्ट असल रिणि दाताराम शिवाकोटी तथा सोभा कर्मकार ,उत्कृष्ट कृषक अमृता योङ्हाङ तथा हेमकर्ण कटुवाललाई संमान गर्नु भएको थियोे ।

सस्थामा राम्रो काम गर्ने सस्थाका सचिव पुस्पराज निरौलालाई साधारण सभाबांट सस्थाको व्यवस्थापकको जिम्मेवारी दिएको छ । आजै भएको सस्थाको अधिबेशनले नंया कार्य समितिको समेत निर्विरोध चयन गरेको निर्वाचन समिति संयोजक देवि प्रसाद ओलिले जानकारी दिनु भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार ४ बर्षिय कार्यकालमा देहायका महानुभाव रहनु भएको छ । अध्यक्ष : सत्येन्द्र कुमार कर्ण , उपाध्यक्ष पुस्तक राज नेपाल सदस्यहरु क्रमस पुस्पराज निरौला जीवन विमली ,पुस्पराज घिमिरे ,बडाराम हेमरम ,जगन्नाथ राजवन्सी ,विरवल बिस्ट ,कल्पना घिमिरे ,विना शिवाकोटी तथा चन्दकला कटुवाल रहेका छ्न । निर्वाचन समितिले दिएको जानकारी अनुसार ३ सदस्य लेखा समिति पनि निर्विरोध निर्वाचित भएको छ। निर्वाचित समितिको संयोजकमा सुमन मैनाली तथा सदस्य नर बहादुर बस्नेत तथा पुरुषोत्तम नेपाल रहनु भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार