gagan thapa

धनकुटा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले धनकुटाका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का४०० युवा नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा भित्र्याएका छन् ।

धरानको चुनावी सभामा सम्बोधन गरेर धनकुटा पुगेका गगनले राति आयोजित कार्यक्रमबाट नेकपासहितका विभिन्न दल परित्याग गरेकाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा गगनले अँध्यारोमा ४०० युवाहरु कुरेर कांग्रेसमा प्रवेश गर्दा मन छोएको बताएका छन् ।

कार्यक्रम सकिए लगत्तै गगनले भने: “‪धरानको चुनावी सभाबाट धनकुटा पुग्दा अध्यारो भइसकेको थियो तर कांग्रेस प्रवेश गर्न आएका ति तन्नेरीलाई न अध्यारोले छेक्यो न गाउँ-गाउँबाट आउदा भएका अनेकन अवरोधले नै! धनकुटाको बेलहाराको सभामा नेपाली कांग्रेस प्रवेश गर्नुभएका ४०० वढी युवा साथीहरूको उत्साहबाट थप उर्जा बोकेर आएको छु।‬”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार