हल्दिवारी गाउँपालिकाले नेपालकै लोपोन्मुख मेचे जातीको भाषा ,धर्म र सस्कृतीको जगेर्ना गर्ने उदेश्यले वडा नम्बर ४ मा रहेको श्री दीपेन्द्र प्राथमिक विद्यालयमा मेछे भाषा कक्षा शुरु गरेको छ । उक्त बिधालय २०४४ सालदेखि संचालन भएको र हाल १३१ विद्यार्थी अध्यनरत रहेका छ्न भने ५५ जना विद्यार्थी मेचे समुदायका रहेको विद्यालयका प्रधान अध्यापक दीर्घ राज आचार्यले जानकारी दिनु भएको छ ।

एक महिना देखि पठनपाठन शुरु गरिएको भएतापनी विद्यार्थीले अध्यन गर्ने पुस्तक ” जङ्नी राउ ,थाख – १ ” पुस्तक संघीय संसद सदस्य राजेन्द्र लिङ्ग्देनले गाउँ पालिकाको बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रमको बिच यहि भदौ १३ गते विमोचन गरेपछि अध्यन – अध्यापनका लागि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

उक्त विद्यालयमा मेछे भाषा पठनपाठन गर्न गाउँपालिकाले २ लाख ५० हजार छुट्याएको छ भने शिक्षकको व्यवस्था समेत गरेर लोपोन्मुख मेछे जातीको भाषा सस्कृती जगेर्ना गर्नको लागि गाउँपालिका दीर्घकालीन रूपमा अघि बडेकोले यसै सत्रदेखि मेछे भाषा पठनपाठन शुरु गरिएको विद्यालय रहेको वडाका अध्यक्ष होम प्रसाद चुडालले बताए । हल्दिवारी गाउँ पालिकाले प्रकाशन गरेको जङ्नी राउ थाख -१ पुस्तक स्थानीय भाषा विद सन्थ लाल मेछे ( बसुमथारी ) ले तयार पारेका हुन ।

कक्षा १ को लागि तयार पारिएको पुस्तकमा ३७ भाग र ९५ पेज रहेको पाइन्छ । मेछे भाषाको व्यन्जन १७ तथा स्वरवर्णन ५ रहेको बताउदै भाषा अध्यन गर्न चाहने जुन सुकै समुदायका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएको तथा अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु गरिएको साथै एसि सहितको बाल कक्षा समेत संचालन गरिएकोले आउदो सत्र देखि विद्यार्थी संख्यामा समेत सुधार आउने विद्यालयका प्रअ आचार्यले बताए ।

कक्षा १ को लागि तयार पारिएको भएपनी अन्य कक्षामा अध्यन गर्ने मेछे विद्यार्थी तथा अन्य सिक्न चाहनेलाई समेत सिकाउने भाषा शिक्षक सुनिता मेछे बताउछिन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार