हल्दिवारी गाउँलालिकाले चौथौ गाउँसभाबाट पारित नीति तथा कार्यक्रम ,बजेट ०७६/०७७ को आज विशेष कार्यक्रमको बिच झापा ३ का सभासद माननीय राजेन्द्र लिङ्गदेनको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको छ। आफ्नो मन्तव राख्दै राप्रपाका महामन्त्री समेत रहेका लिङदेनले हल्दिवारी नेपाल कै नमुना गाउँपालिका को रूपमा अगाडि बडेको र केन्द्र सरकारले गर्न नसकेका काम हल्दिवारीमा भएकोले यहाको मतदाता भएकोमा आफू भाग्यमानी भएको जिकिर समेत गरेका छ्न ।

उनले भनेका छ्न आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक घरमा १ बर्ष भित्रमा बिजुलि बत्ती पुग्ने तथा बाटोको समस्या पनि समाधान हुने छ । उक्त कार्यक्रममा प्रदेश सदस्य पूर्णसिंह राजवन्सि ,संविधान सभा सदस्य मोहन टुडु ,गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन,उपाध्यक्ष डम्बर बहादुर गिरि लगायत गाउँ पालिकाले गरेका काम कार्वाहीको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियोे ।

सोही अवसरमा कवि नवराज पराजुली र गाईका मेनुका पौडेललाई गाउँपालिकाको छोराछोरीले सम्मान गर्दै हल्दिवारी गाउँ पालिकाको सदभावना दुत बनाईएको घोषणा गरिएको थियोे । गाउँपालिकाले सर्व उत्कृष्ट कर्मचारीमा नगद ३० हजार सहित इन्जिनियर सन्कल्प खनाल तथा उत्कृष्ट कर्मचारी खरिदार विशाल काफ्ले लाई नगद २० हजार सहित सम्मान गरेको छ भने दृस्ठि बिहिन भएर पनि एमए उतिर्ण दिल कुमार राजवन्सि र बिए उतिर्ण सरस्वती थामिलाई सोही अवसरमा एक एक थान ल्यापटप बाट संमान गरिएको थियो । गाउँ पालिकाले लोपोन्मुख मेचे समुदायको भाषा संरक्षण गर्न दीपेन्द्र प्रावि मा दैनिक एक कक्षा मेचे भाषामा पठ्नपाठनको व्यवस्था मिलाएको र गाउँ पालिकाको प्रकाशन तथा भाषा विद सन्तलाल मेचेबाट लिखित पुस्तक ” जङ्नी राउ ” थाख -१ को बिमोचन तथा लेखकलाई संमान गरिएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण गाउँ पालिका प्रसासकिय अधिकृत सन्तोष घिमिरेले गरेका थिए । गाउँपालिकाले सार्वजनिक गरेको रेड पुस्तकमा के के छ्न त ? हल्दीबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले आर्थिक वर्ष २०७६।०७७ का लागि पारित गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रमको मुख्य मुख्य विशेषताहरु १. आगामी पाँच वर्षभित्र झापा जिल्लालाईनै माछा उत्पादनमा आत्मनिर्भर गराउने सोचका साथ ल्याइएको “हल्दीबारीको बाचा, झापाभरी माछा” कार्यक्रम कार्यान्वयनका लागि न्युनतम एक कठ्ठा जग्गामा समेत माछा पोखरी क्षेत्र विस्तार गर्न चाहने कृषकलाई प्रति कठ्ठा दश हजार रुपैंया अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको ।

२. “किसानको खुशी, पशुपालन र कृषि” कार्यक्रम म गर्न– • पशु नश्ल सुधार कार्यक्रम मार्फत सुत्केरी भएका गाई भैंसीलाई एक हजार रुपैंया सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको, • कृषकसँगको साझेदारीमा पशु विमा प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याईएको, • जलथल जंगल र आवादीको सिमानामा माहुरी पालन कार्यक्रम प्रवद्र्धन गर्न एक घर, एक घार कार्यक्रम सञ्चालनमा ल्याइएको, • कृषकसँगको साझेदारीमा सिँचाई मोटर जडान तथा वितरणको कार्यलाई निरन्तरता दिइएको । • प्रत्येक टोल टोलमा तरकारी उत्पादन प्रवद्र्धन गर्न टनेल खेती सहित एक टोल, एक करेसाबारी कार्यक्रम सञ्चालनमा ल्याइएको ।

३. साहित्यिक मन, कृषि र पर्यटन अभियान अन्तर्गत हल्दीबारीबासी कवि एवम् साहित्यकार श्री नवराज पराजुलीलाई हल्दीबारीको छोरो र गायिका श्री मेनुका पौडेललाई हल्दीबारीकी छोरी उपमाले सम्मान गरी स्थानीय पर्यटन प्रवद्र्धन गर्नका लागि सद्भावना पर्यटन दुतको रुपमा नियूक्त गर्ने व्यवस्था मिलाइएको । ४. समृद्धिका पालक, हल्दीबारीका बालक अभियान कार्यान्वयन गर्न गाउँपालिका मातहतका सत्ताइस वटै टोलबाट कम्तीमा एक एकजना बालबालिकाको प्रतिनिधित्व सुनिश्चित हुने गरी नमूना बाल संसद कार्यक्रम सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको । ५. सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रवद्र्धन गर्न गत आर्थिक वर्षमै व्यवस्था गरिएको घुम्ती कम्प्युटर शिक्षकको व्यवस्था, खेल शिक्षा प्रवद्र्धन गर्न व्यवस्था गरिएको घुम्ती खेल प्रशिक्षकको व्यवस्था, योग शिक्षा प्रवद्र्धन गर्न व्यवस्था गरिएको घुम्ती योग शिक्षक, अंग्रेजी शिक्षा प्रवद्र्धन व्यवस्था गरिएको अंग्रजी शिक्षक, विज्ञान शिक्षक लगायतको व्यवस्थालाई निरन्तरता दिइएको । ६. सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर अभिवृद्धि गर्नका लागि कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई पोशाक र स्कुल व्याग निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको ।

७. सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीको अध्ययन निःशुल्क गर्ने व्यवस्था मिलाइएको । ८. सबै सामुदायिक विद्यालयमा गाउँपालिका तथा वडा कार्यालयबाट अनुगमन गर्न सक्ने गरी सि.सि. क्यामरा जडानको व्यवस्था मिलाउने व्यवस्था मिलाइएको । ९. सामुदायिक विद्यालयमा कार्यरत सहायक कार्यकर्ता तथा सहयोगी कर्मचारीहरुलाई प्रचलित श्रम ऐनले तोकेको न्युनतम सेवा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको । १०. हल्दीबारी मा.वि.मा शुरु भएको प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न तथा लक्षित समुहभित्रका विद्याथीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको ।

११. एक वडा, एक मा.वि. को अवधारणालाई अघि बढाइएको । प्रत्येक वडाको एउटा सामुदायिक विद्यालयमा ए.सि. सहितको बाल मण्टेश्वरी बाल कक्षा सञ्चालनमा ल्याइएको । १२. लोपोन्मुख मेचे समुदायको भाषा संरक्षण गर्न श्री दिपेन्द्र प्रा.वि.मा दैनिक कम्तीमा एक कक्षा मेचे भाषामा पठनपाठनको व्यवस्था मिलाइएको । १३. शिक्षक प्रोत्साहन सम्बन्धी मापदण्ड, २०७५ बमोजिम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था मिलाइएको ।

१४. सामुदायिक विद्यालय सुधार अभियान कार्यान्वयनका लागि विज्ञहरुको उपस्थितिमा सरोकारवालासँग अन्तर्किया कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको । १५.अभिभावक नभएका १६ वर्ष उमेर समुह भित्रका बेसहारा बालबालिकाको शैक्षिक क्रियाकलापमा सहयोग पुर्याउन मासिक पाँच सय रुपैंया सहयोग गर्ने गरी बेसहाराको सहारा, हल्दीबारी गाउँपालिका कार्यक्रम सञ्चालनमा ल्याइएको । १६. स्वास्थ्य चौकीविहिन वडा नम्बर ३ र ५ बाट समेत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको । र उक्त वडामा यसै आर्थिक वर्षभित्र स्वास्थ्य चौकी भवन निर्माण गर्ने व्यवस्था मिलाइएको ।

१७. क्यान्सर, मुटु रोगको शल्यक्रिया, मिग्रौला रोगी लगायत कडा रोग लागेका विरामीहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने गरी जनता उपचार सहायता कोष मार्फत आर्थिक सहयोग गर्ने व्यवस्था मिलाइएको । १८. वर्षको ६ पटकसम्म ल्याब सेवा लिन आउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र शहीद तथा वेपत्ता परिवारका सन्ततीहरुलाई गाउँपालिकाले सञ्चालनमा ल्याएको जलथल र गोलधाप स्वास्थ्य चौकीको ल्याबबाट उपलब्ध हुने ल्याब सेवा निःशुल्क गर्ने व्यवस्था मिलाइएको ।

१९. काठेपुलमुक्त गाउँपालिका अभियान कार्यान्वयन गर्न ४० वटा स्ल्याब कल्भर्ट आयोजना यही आर्थिक वर्ष सम्पन्न गर्ने गरी आवश्यक रकम विनियोजन गरिएको । बहुवर्षीय आयोजनाको रुपमा सञ्चालित आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको । २०. द्धार एक, सेवा अनेक हुने गरी धनुष आकारमा धनुष पोखरीको छेउमा निर्माण हुन लागेको गाउँपालिकाको कार्यालय भवन, वडा नम्बर ३ र ५ को वडा कार्यालय भवन सम्पन्न गर्न आवश्यक रकमको व्यवस्था गरिएको ।

२१. फेरी पनि घुम्न जाउँ, हल्दीबारी गाउँ भन्ने अभियानलाई कार्यान्वयन गर्न भेलागढी सामुदायिक वनको हाताभित्र निर्माणधीन लोकतान्त्रिक शहीद स्मृत्ति पार्क निर्माण कार्यलाई सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको र यस आर्थिक वर्षमा उक्त स्थानमा कम्तीमा एक लाख पर्यटक भित्र्याउनका लागि हल्दीबारी महोत्सव समेतको आयोजना गर्ने व्यवस्था मिलाइएको । २२. सभ्य समाज निर्माण अभियान कार्यान्वयन गर्न स्थानीय राजनैतिक दल, विभिन्न संघसंस्थामा आवद्ध पदाधिकारी, नागरिक समाज लगायत आम सरोकारवालालाई नेपालको संविधान, मौजुदा ऐन कानून लगायतका विषयमा अभिमुखीकृत कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको । २३. उल्लिखित देखी बाहेक अन्य कार्यक्रम कार्यान्वयन गर्न सशर्त अनुदान बाहेक जम्मा २४ करोड ७७ लाख २१ हजार बार्षिक आय र व्ययको अनुमान (वजेट) को व्यवस्था गरिएको ।

२४. विद्युतीय शासन प्रवद्र्धन गर्न गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको समेत आफ्नै आधिकारिक वेभसाइट निर्माण गरी सम्पूर्ण सूचना तथा जानकारीहरु उक्त वेभसाइट मार्फत नै सार्वजनिक गर्ने व्यवस्था मिलाइएको ।

हल्दिवारीको नीति तथा कार्यक्रम सार्वजनिक
Read More..
aamsanchar.com


याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार