rajendra lingden

      राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपा बाहेक अन्य कुनैपनि दल कांग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने ठोकुवा गरेका छन् ।

बुधवार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले कांग्रेस र कम्युनिष्ट दुवै नेपालको दुर्दशका कारक बनेको भन्दै त्यसबाट बाहिर निकाल्ने काम राप्रपाले मात्र गर्न सक्ने बताए ।

देशको प्रमुख समस्या भ्रष्टाचार, बेथिति, बेरोजगारी समस्या, सीमा रक्षा, धर्म परिवर्तन रहेको दृष्टान्त प्रस्तुत गर्दै महामन्त्री लिङ्देनले उप निर्वाचन मार्फत असफलतालाई निरन्तरता नदिन र भ्रष्टाचारलाई अनुमोदन नगर्न आग्रह गरे ।

जातीयताका आधारमा संघीयता र ११ प्रदेशको माग गर्नेहरुले देशको विकल्पको रुपमा आफूलाई प्रस्तुत गरिरहेको सन्दर्भमा महामन्त्री लिङ्देनले संघीयता देशले धान्न नसक्ने अवस्थामा पुगिसकेको र जातीय संघीयता पक्षधरहरु कहिल्यै विकल्पको रुपमा हुन नसक्ने ठोकुवा गरेका छन् ।

लिङ्देनले देश भुगोल र माटोले मात्र नबन्ने भज्दै सिक्किमको उदाहरणबाट सिक्न र राष्ट्रियताको पक्षमा एकजुट हुन आग्रह गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार