झापाको हल्दिवारी दुर्वेसनी (लागू औषधि )हरुको अखडा बन्दै गएको छ । यहाँका ३ सयभन्दा बढी युवाहरू लागू औषधिको लतमा लागेको हल्दिवारी डटकमको पारम्भिक अध्यनले देखाएको छ ।

यहाँ रहेका ६०% औषधि पसलहरुले लागू औषधि बेचबिखन गर्ने गरेका खुलेको छ भने नेपाल भारत सिमाको फाइदा उठाउदै भारतबाट नेपाल सरकारले प्रतिबन्ध गरेका औषधि ल्याई बिक्री बितरण समेत हुने गरेको अध्यनमा देखिएको छ ।

यहाँका स्कुल पड्दै गरेका विद्यार्थीहरु यहाका चिया बगानहरुमा लठ्ठीएर लडिरहेका देख्नु सामान्य जस्तै भएको छ ।हल्दिवारी गाउँ पालिका भित्रका गोलधाप बजार ,मंगल्बबारे ,ढडुवा बजार ,हल्दिवारी स्कुल चोक ,बडाबारी बजार ,अधिकारी चोक , बाङ्गे बजार ,तथा काजली भट्टी ,धनुषा लगायतका ठाउमा उनिहरुको सम्पर्क केन्द्र रहेको उनीहरुनै बताउछ्न ।

यहाँ रहेका औषधि पसलहरु मापदण्ड बिपरित खोलेको पाइन्छ भने ,भारत बाट समेत आएका केही व्यक्तिहरुले समेत औषधि पसल संचालन गरि अबैध रूपमा संचालन गरेको देख्न सकिन्छ । अवैध औषधि पसलहरुलाई स्थानीय सरकारले व्यवसायी प्रमाणपत्र समेत दिएको एक औषधि व्यवसायीले बताए ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले समेत गाउँ पालिका स्वास्थ शाखालाई यहाँ संचालित औसधि पसल तथा किर्निकहरुको अनुगमन गरि कारवाहि गर्न निर्देशन दिएका छ्न । बेलैमा यहाँ का युवाहरूलाई दुरवेसनी बाट जोगाउन नसके परिवारको मात्र नभए र समाजलाई समेतलाई ठूलो क्षती हुनपुग्छ !यश बिषयमा सबैको ध्यान जावस र यस समस्याको सबै मिलेर समाधान गरौ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार