काठमाडौं । अमेरिकामा एक नेपाली युवा सुतेकै ठाउँमा मृत भेटिएका छन् । बाग्लुङ नगरपालिकाका ३१ बर्षीय सुनील केसी कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

उनी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थिए । दुई दिनदेखि काममा नआएपछि सहकर्मीहरूले खोजबिन गर्दा ढोका नखोलिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका खोल्दा उनी मृतअवस्थामा भेटिएका थिए।

उनको मृत्यु के कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार