विश्वभर फैलिएको कोरोनाको सन्त्रासका कारण दक्षिणपूर्वी केन्यामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ । केन्यामा एक व्यक्तिलाई कोरोना भएको शङ्कामापिटेर ज्यान लिइएको हो । उक्त व्यक्तिलाई कोरोना भएको भन्दै केही युवा समूहलेपिटेर ज्यान लिएका हुन् । यस घटनाबारे अनुसन्धान भइरहेको त्यहाको स्थानीय प्रहरीले जनाएको छ ।

अनुसन्धान भइरहेकोले हालसम्म कुनै पनि पक्राउ नभएको जनाइएको छ । उनलाई मंगलबार बेलुकी पिटिएको हो । यो घटना केन्याको साम्ब्वेनी नामक गाउँमा भएको हो । केन्यामा हालसम्म कोरोनाका सङ्क्रमित ७ जना पुगेका छन् ।

अहिलेको अवस्थामा कोरोना लागेको मानिसलाई अपराधी जस्तै गरेर लिइन्छ । उसलाई खुला रुपमा हिंड्न र बाँच्न पनि अवरोध भएको छ, उता कोरोनाले मार्न सक्ने सम्भावना त छँदैछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार