काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय सदस्य रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि नेकपाका केन्द्रीय सदस्य नविन विक(हितमान)र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ बुधबार रिहा भएका हुन् । रिहा भएलगत्तै उनीहरु सुरक्षित स्थानमा गएको बुझिएको छ ।

यसअघि चैत ३ गते सर्वोच्च अदालतको आदेशपछि उनीहरु रिहा भएका थिए । रिहा भएललगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतको गेटबाटै पक्राउ परेका उनीहरुलाई आफन्तले बन्दी प्रत्यक्षिकरणको रिट हालेपछि सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र टंकबहादुर मुत्तातको संयुक्त इजालसले पुनः रिहा गर्न आदेश दिएको थियो । उक्त रिटमा ५ अधिवक्ताले बहस गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार