काठमार्डौ स्नेपालमा पहिलोपटक डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा ( डिफरेन्टली एबल ट्यालेन्ट )अवार्ड २०२० हुने भएको हो ।दिव्यज्योती फाउन्डेसन नेपाल र र्चिल्डेन गार्डेन एकेडेमिको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्य ले जानकारी दिए ।

शाक्यका अनुसार लकडाउन खुलेको १५ दिन पछीबाट आवेदन खुल्ला गरिने छ भने सातवटै प्रदेशका मुख्य मुख्य सहरहरु विर्तामोड,ईटहरी,जनकपुर,चितवन,पोखरा,बुटवल नेपालगंज ,धनगडी बाट फरक क्षमता भएका विभिन्न बिधाका प्रतिभाहरु छनौट गरी काठमाडौंमा फाइनल कार्यक्रम आयोजना हुने छ ।

 

 

जुनसुकै उमेर र प्रतिभा भएका अपाङ्गहरुले आफुमा भएका विभिन्न प्रतिभाहरु जस्तै स्नृत्य,गायन ,चित्रकला ,हस्तकला,आविस्कार,जादु तथा संगीतिक कला प्रस्तुत गर्न सक्ने उनले बताइन। अपाङ्ग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वानसमेत गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार