केही आमसञ्चारमाध्यममा कुनै जाति, धर्म, समुदायकेन्द्रित लाञ्छना लगाउने गरी समाचार एवं समाचार–सामग्री सम्प्रेषण भएकोतर्फ प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५(२)मा ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन’ भन्ने व्यवस्था रहेको जानकारी गराउँदै काउन्सिल जाति, धर्म, समुदायकेन्द्रित लाञ्छना लगाउने गरी कुनै सामग्री सम्प्रेषण नगर्न÷नगराउन सम्पूर्ण पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपील गर्दछ ।

……………..
दीपक खनाल
सह–प्रशासकीय अधिकृत
(सूचना अधिकारी)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार