यत्र तत्र सर्वत्र छ, कोरोनाको बात,
संसारभरी चुलिदो छ, चुनौतीको खात ।
बच्चा, वृद्ध, नौजवान बाधिएको छ हात,
प्रत्येक पल हुन थाले, औंशीको झैं रात ।
घरमा अन्न सकिएछ, के खाने हो आज ?

आकाशभरी उडेका छन्, कालरुपी बाज ।
सुत्केरी र विरामीले पाएनन् उपचार,
अस्पताल नै बन्द गर्ने, कस्तो व्यभिचार ?
गिट्टी कुट्दै हातमुख जोड्ने, ठूलो परिवार,
राहतमै अन्याय गर्ने, हुन् ती जनावर ।

खाडी देशमा छोरो रुन्छ, पारी देशमा छोरी,
बाचे देखि सुनिन्थ्यो कि, माताजीको लोरी ।
सीमा नाका बन्द भए, छैन आवत जावत,
कोठाभित्रै सीमित भए, सारा विश्व जगत ।
ओखती नै सक्किइ सक्यो, छैन उत्पादन,

बुझ्ने बेला भैसक्यो है, कृषि नै हो धन ।
अर्थतन्त्र चौपट भयो, बढ्छन् बेरोजगारी,
अन्न रोप्ने उद्दम गरे, हुन्न भोकमारी ।
ब्राह्मण्डमै जोखिममा छ, मानवरुपी जात,
विलखबन्दमा परेका छन्, पशुपतिनाथ ।

सन्तोष घमिराउ
सिरीजङ्घा, ताप्लेजुङ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार