आचार्य रामचन्द्र

         २०६४ जनताकाे अान्दाेलनले साकार रुप लियाे र नेपालमा संविधान सभाकाे पहिलाे निर्वाचन २०६४ मा भयाे । याे  निर्पाचनमा नेपालमा प्रमुख र साना राजनीतिक दलहरुकाे घाेषणा पत्र धेरै नेपाली नागरिकका दिमाखमा र दराजमा छन।त्यस पछिका सवै चुनावमा दलकाे घाेषणा पत्र र चुनावि नारा र भाषणहरु जनताका दिमाखमा र संस्मरणमा ताजा छन।

तर नेपालकाे वर्तमान कुल प्रतिव्यक्ति अाय लभभग ११०० अमेरिकि डलरमा छ भने प्रतिव्यक्ति क्रय शक्ति संचरण करिव करिव ३५०० अमेरिकि डलर छ।सन २०१९ काे तथ्यांक अनुसार नेपालकाे कुल प्रतिव्यक्ति अाय १०४८ थियाे भने देशकाे जिडिपि क्रयशक्ति संचरणका अाधारमा ९४.४२ खरव नेपाली रुपैया थियाे भने प्रतिव्यक्ति अाय क्रय शक्ति संचरणकाे अाधारमा ३३१८ अमेरिकि डलर, सन २०१९ काे अाकडा अनुसार देखिन्छ।नेपालमा सन २००८ लाेकतन्त्रकाे स्थापना पछिका १४ वर्षमा १६ जना प्रधानमन्त्री र २०४६ सालपछि नेपालमा ३० वर्षमा ३० जना प्रधानमन्त्री वनेका छन जसमा राजाकाे शाशनकाल र उनकाे नेतृत्व पनि गणना गरिएकाे छ।

नेपालमा संविधान निर्माणकाे गाेलचककरमा करिव ५ वर्ष व्यतित भए र त्रि वर्षिय याेवनापनि वने तर ती याेजना र दलहरुकाे विकास प्रतिवद्दता मा कुनै गतिलाे परिवर्तन अाएन।फल स्वरुप द्वन्दकाे मारमा परेका युवा वाध्यताले विदेशिने क्रम गणितिय रुपमा वढि रह्याे र हाल सम्म वार्विक विप्रेषण करिव ८ खरव भन्दा वढि छ र याे जनताकाे रगत र पशिनाले साटिएकाे र कफिनले वेरिएकाे विप्रेषणले नेपाली वहसंख्यक घरमा गाँस बाँस र कपासकाे न्यून प्रवन्ध भयाे भने कफिन संगै तथा रगत र पशिना एवं विदेशि भुमिमा चरम अपमान , तिरस्कार सहित स्वाभिमान दाउमा राखेर नेपालिलयुवाले पठाएकाे रेमिटले देशमा वाटाघाटा स्कुल विद्यालय र सामाजिक काममा ठुलाे सहयाेग गरिरहेका छन।

जवकि नेपालमा राजनितिक दलहरुले उनै युवालाई दिनहु लुटेर राजनितिक र दिमाखि रुपमा कमजाेर वनाउने र विश्वभर अाफ्ना नालायक संगठन तयार गर्ने र चुनावकाे खर्च उठाएर विदेशिएका जनताका घरघरमा अन्धकार र निच दलिय दलदलमा विभाजन गर्ने काम गरिरहेका छन।याे लाेक तन्त्रका १४ वर्षमा वर्षकाे १०० सय अ ड का दरले प्रतिव्यक्ति अाय वढेकाे भए पनि २००८ पछि १४०० अमेरिकि डलरकाे थप याेगदान हुने थियाे जवकि हाल याे अाय ११०० हाराहारिमा छ भने नेपालमा दलहरुकाे झुटकाे खेति प्रष्ट संग देखिएकाे छ।

याे रुपले नवढेपनि दलहरुले शुशासन र पारदर्शिता वढाएकाेभए १००० अमेरिकि डलर थप याेगदान हुन पर्दथ्याे तर याे पनि परिवर्तनकाे अाशा भन्दा निकै न्यून हाे।राजनितिक परिवर्तन पछि नेपालमा ज्यामितिय विकास र उसका अाधार र नमुना तयार हुनुपर्नेमा याे हुन सकेन र नेपाल सार्क कै पछडिएकाे र गरिव देश मा अाउन सफल भयाे,जहाँ अफगानिसतानलाई मुल्यांकन गरिएकाे छैन।

नेपालमा राजनितिक दलहरुकाे अपारदरेशि चुनावि खर्च र लगानि रहिन खर्चका कारण देशमा मुद्रास्फिति सन २००८ पछि निकै उच्च दरले वढेर गयाे ।सन २००८ मा मुद्रास्फिति 6.7% वाट वढेर गयाे र सन 17 मा करिव 10% काे हाराहारिमा पुग्याे भने याे विचमा करिव 12.5 प्रतिशत सम्म पुग्याे भने यसले जनतालाई निकै महंगाे जिविका र गरिविमा धकेलेकाे पाईन्छ।

नेपाली जनताले याे हविगत हाेला र गरिविका चक्रमा पिल्सनु पर्ला भनेर अान्दाेलनगरेका थिएनन।जनताकाे अपेक्षा नै विकास थियाे र त्यसमा दलहरुले कहिल्यै पनि जनताका अपेक्षालाई संझन सकेनन फलस्वरुप स्वयं प्रधानमन्त्री वावुराम भटराईलाई 70 वुदे जनजिविका सहितका वुदाहरु वुझ्नु पर्ने वाटाेमा नेपालकाे अर्थराजनितिक वातावरण देखा पर्याे।

विश्वकाे गरिबी मापदण्ड अनुसार दैनिक 1.9 डलर कमाउने अति गरिव वर्गमा पर्छछन भने याे वार्षिक हिसाब गर्दा ६९३.५ अमेरिकि डलर हुन अाउदछ।यदि नेपालमा विप्रेषण याेगदान नरहेकाे भए अनुमान गराै यहि हालत हुने अवस्था थियाे हामी चरम गरिबी र धनी गरिवकाे खाडल भयंकर रहने थियाे।त्यसगरी दैनिक 3.10 अमेरिकि डलर कमाउने नागरिक मध्यक गरिव मानिन्छन भने याे कमाईलाई वार्षिक हिसाब गर्नेहाे भने 1131.5 अ डलर हुन अाउदछ तर नेपाफकाे प्रतिव्यक्ति अाय करिव पुग नपुग ११०० डलर हुनुले नेपाल गरिव देश हाे भन्न कुनै कारण चाहिदैन।

लाेकतन्त्रका 14 वर्षमा राजनितिक दलहरुले नेपालकाे याेहविगत वनाएका छन र जनतालाइ दलदलमा विभाजन र मनाेगतदासत्व थाेपरेका छ भाइ भाईमा फुट र दलिय निच चिन्तन प्रणालिविकास गरेका छन।युवालाई ठगिरहेका र देशलाई ध्यान दिन सकेका छैनन।

यश प्रकार लाेकतन्त्रकाे लडाईमा जनतालाई गरेका वाचावाट विफल र निरीह दलहरु अाज सम्म याे हर्कत सुधारकाेलपक्षमा देखिएका छैनन।फलस्वरुप देश गरिविकाे कुचक्र र न्यून उपगाेगवादि वातावरणमा छाडिदिएका छन।राजनितिकदलहरुले अाफ्ना वाचालाई शिराेपर गरिदेशलाई विकास र गरिविकाे चक्रवाट बाहिर ननिकाले परिवर्तनको अाैचित्य देखिदैन।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार