बिना रोका

                           ( आज छन्द दिवसको अवसरमा )

प्यारो साथी बइँस रसिलो तर्कनाले कुदेकी ।

हावा जस्तै सरर बहदै नित्य हाँस्दै उडेकी ।।
उन्कै माया सलल नद झैँ बग्छ सूगन्ध छर्दै ।
मुस्काएकी सुखद धरमा फूलका साथ रम्दै ।।

हाँस्दै हाँस्दै फल रस चुमी पर्व झैँ भो रमायी ।
बन्दै छाया नयन नजिकै देह भित्र सजायी ।।
दोटै प्रेमी भ्रमर पुतली नाच्दथे ती रमाई ।
मान्दै डाहा म पनि त गएँ सर्ममानी लजाई ।।

आयो कोही मन मन हुँदै चाल सोची रहन्थे ।
होला धोका अबसँग बसौ याम खोजी रहन्थे ।।
खेल्ने गर्थे सहजसित यी साथमा ती विचित्र ।
ठिक्कै गुज्य्रो समय त्यसरी ती दुबै मित्र भित्र ।।

खेती गर्ने कृषक बबुरा फूल बुट्टा सयार्ने ।
उन्कै बाली त्यस सरदमा आइ हेर्चाह गर्ने ।।
हेर्दै गर्थे फलतिर गई पाक्न देला नदेला ।
लठ्ठारिन्थे तल झरि गए टिप्न मौका नदेला ।।

भन्थे राम्रो भ्रमर दुलहा नौमती लानु पर्ला ।
मिल्दो जोडी पुलकि दुलही फूलको ताज पर्दा ।।
आए साथी अनुचर लिई जन्ति जाने रमाएँ ।
मेरै सामू द्वय घर गए आज हेरी लजाएँ ।।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार