कोरोना भाइरस : ” घरमैं बसौसुरक्षित रहौ “

संसारमा बिभिन्न किसिमका धर्महरु छन् । सबैको आआफ्नो संस्कार रीतिरिवाजहरु हुन्छ । सबै धर्ममा पवित्र किताबहरु हुन्छ जसमा मानव जीवन बारे महत्वपूर्ण कुराहरु लेखेको हुन्छ । प्रत्येक धर्मको पालना फरक फरक तरीकाले हुन्छ ।

नेपाल एक धर्म निरपेक्ष देश हो । यहां हिन्दू, बौद्ध,मुस्लिम, ईसाई लगायत धर्म मान्नेहरूको बाहुल्यता रहेको पाइन्छ । हिन्दू धर्म विश्वको प्राचीन धर्म मानिन्छ । संख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । जस मध्ये ९६% दक्षिण एशिया मा छन्।

धार्मिक सहिष्णुता ,सामाजिक सद्भावका लागि विश्व समुदायमा नेपाली समुदाय प्रथम श्रेणीमा आउछ । धार्मिक सहिष्णुतामा विश्व समुदायका लागि नेपाल उदाहर्निय देश बनेको छ । यहां धर्म, जात वर्गलाई लिएर लड़ाई झगड़ा गर्दैनन्,इतिहासले प्रमाणित गर्छ यो देश गुलाफ़को फूल जस्तै सुन्दर ,इतरको बाँस्ना(खुसबू) जस्तै राम्रो छ । चार्ड पर्वमा यहां हिन्दू मुस्लिम एक अर्काको खुसयालीमा सहभागिता देखाउछ, एक अर्कामा खुसयाली साटासाट गर्छन ।

कोरोना भाइरस नमाज र पूजा
कसैले कल्पना पनि गरेको थिएन होला की कोरोना भाइरस लाखौ को संख्या मा मानिसहरूको ज्यान लिनेछ र दैनिकी रहन सहनमा परिवर्तन लियाउने छन । भाइरस नफैलिएयोस भनेर मानिसहरु चर्च,मन्दिर,गुम्बा,मस्जिद लगायत धार्मिक स्थलहरु जान छाड़े, घरमै बसेर मानिसहरु नमाज,इबादत, पूजा, प्राथना गर्न थाल्नुभयो । यही सोचले की हाम्रो एक गल्ती ले कतै भाइरस विकाल रूप नलियोस ।

तिहासिक रमजान
मुस्लिम समुदाय कल्पना पनि गरेको थिएन की पवित्र महीना रमजानमा तरावीह नमाज घरमा पढ्नु पर्छ । यहाँ सम्म सोचेको थिएन की धर्म गुरुहरु मस्जिद मा न पढेर घर मा पढ्न बारे समुदायलाई अपील गर्छन ।

झापाको भद्रपुर अन्जुमन इस्लामिया जामा मस्जिदमा प्रत्येक वर्ष रमजानमा पढिने तरावीह नमाजमा १०० देखी १५० नमाजीहरु उपस्थित हुन्थ्यो तर यसपाली भने मस्जिदमा मात्र मौलाना र मस्जिदका १/२ जना कर्मचारी नमाज पढिरहेका छन । झापामा दर्ता गरिएका ५२ मदरसा छ भने लगभग ९० देखी १०० मस्जिदहरु छन ।लकडाउनका कारण सबै मस्जिदहरु खाली देखिएको छ ।

मुस्लिम समुदाय कल्पना पनि गरेको थिएन की यस्तो दिन पनि आउने छ । प्रत्येक वर्ष पवित्र महीना रमजानको इफ्तारमा देखिने रौनक यसपाली भने खासै देखिएन । सामाजिक दूरीका कारण इफ्तारमा समेत सामुहिक रूपमा भेला हुन सकिरहेका छैनन् । जबकि यही रमजानमा हिन्दू मुस्लिम समुदायका दाजुभाई दिदिबहिनीहरु एकसाथ बसेर इफ्तार गरेको देखिन्थ्यो ।

यसपालीको रमजानमा खजूरको ठुलो समस्या देखिएको छ।रमजान महीनामा मुस्लिम समुदायका लागि खजूर भने अत्यावश्यक मानिन्छ । व्रत खोल्ने समयमा सबै भन्दा पहिला खजूर खाने परम्परा रहेको छ त्यस पछि पानी अथवा सरवत पिउछन् ।

इफ्तार ( रोजा खोल्ने समय) मा पकाएको विभिन्न किसिमका परिकारहरु मुस्लिम समुदाय एक अर्कालाई दिने र मस्जिदमा रहेका मौलाना र मुआज्जिनहरुलाई समेत पठाउने परम्परा पनि रहीआएको छ तर यस पाली भने यो परम्परा रोक्न मुस्लिम समुदाय बाध्य भएको छ । इफ्तार पार्टी भने पूर्णरूपमा बन्द गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार