दिपक पुरी नडाहा l बराहक्षेत्र नगरपालिकामा लकडाउन पीडित विपन्न वर्गका लागि राहत वितरण गर्न एक व्दार प्रणालीको रुपमा स्थापित विपद व्यवस्थापन कोषमा प्रदेश १ का मन्त्री तथा संघीय सांसदहरुले सहयोग प्रदान गरेका छन् ।

प्रदेश १ का उद्योग वाणिज्य वन तथा पर्यटन मन्त्री जगदिस प्रसाद कुसियतले विहीवार निर्वाचन क्षेत्र सुनसरी–४ (क) को बराहक्षेत्रमा पर्ने ६ वटा वडा लाई २५००० रुपयाका दरले कुल १ लाख ५० हजार रुपया नगरपालिकाको कोषमा प्रदान गरेका छन् । नगरपालिका कार्यालयमा संक्षिप्त कार्यक्रममका विच मन्त्री कुसियतले उक्त रकम नगर प्रमुख निलम खनाल लाई हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा उनले भने ‘मेरो निर्वाचन क्षेत्रमा लकडाउन बाट पीडित बनेका विपन्न वर्गका लागि राहत वितरण गर्न मैले मेरो ब्याक्तीगत तर्फबाट सहयोग गरेको बताए ।’ मन्त्री कुसितका अनुसार उनले प्रदेश सरकार बाट पाउने ११ महिनाको सेवा सुबिधा राहत कार्यका लागि प्रदान गरेका छन् । यसअघि सुनसरी–४ मा नेपाली कांग्रेस बाट प्रत्यक्ष निर्वाचित संघीय प्रतिनिधि सभाका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र नगरपालिकाको एक व्दारा प्रणाली बाट रातह वितरणका लागि विपद व्यवस्थापन कोषमा ५० हजारु रुपया प्रदान गरेका थिए ।

नेपाल सरकार व्दारा लकडाउन पीडितहरु लाई राहत वितरण कार्य एक व्दारा प्रणाली बाट गर्ने निर्णय अनुुसार प्रदश तथा स्थानिय सरकारले राहतका लागि सहयोग संकलन गर्न छुट्टै कोष स्थापना गरिएको हो । विभिन्न संघसंस्था, पार्टी तथा ब्याक्तीगत रुपमा राहत वितरण गर्न सहयोग गर्न थालेपछि नगरपालिकाले स्थापना गरेको बिपत व्यवस्थापन कोषमा सांसदहरु, पार्टी तथा सबैले नगरपालिका बाटै राहत वितरण गर्न नगद साथै खाद्यान्न सहयोग गरिरहेका छन् । मन्त्री कुसियतले बराहक्षेत्र सहित उनको निर्वाचन क्षेत्रका ३२ वटा वडाका लागि नगद सहित खाद्यान्न बुधबार हस्तान्तरण गर्न सुरु गरेको सकिय सचिव केशव मैनालीले बताए । उनका अनुसार रामधुनी नगरपालिका वडा ४ लाई ३० हजार र अन्य वडाहरुका लागि चामल प्रदान गरिन थालको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार