abhisek

  मान्छे येस धर्ती मा एउटा एउटा विशेषता लिएर जन्मेको हुन्छ , अनि उ एउटा क्षेत्र लाइ आफ्नो इच्छा बनाउ छ  यस धर्ती मा जन्म लिए पछी धर्ती प्रतिको पनि कर्तव्य हुन्छ ।

बिहान उठेर नित्यकर्म गर्ने मात्र हाम्रो कर्तव्य होइन , बर्तमान समयमा हामिले हाम्रो लागि भन्दा धेरै अरुको लागि र समाज अनि समृद्धि को बारेमा सोच्नु अति आवस्यक छ । आफ्नो लागि मात्र सोच्ने काम त कुकुर ले पनि गर्छ ! बाध्यता ले गरेको काम लाई कर्तव्य भनिदैन , अनि यो आधुनिक युगमा कम्ती सुनेर धेरै बोल्नु र आफ्नो मात्र लिडेधिपि ले काम गर्नु मुर्खता हो।

समाज प्रतिको कर्तव्य , देश प्रतिको कर्तव्य , आफ्नो घर परिवार प्रतिको कर्तव्य , बालबालिका प्रतिको कर्तव्य नै आफ्नो कर्तव्य हुन जान्छ । बाध्यता ले आफ्नो कर्तव्य पूरा गर्ने आफन्त भन्दा खुलेर सहयोग गर्ने पराही काम लाग्छ। आफन्तले परेको बेला सहयोग गर छन निश्चल हिर्दय हुने हरु पराही भएर पनि के सहयोग गरौ भनेर आफन्त हुन्छ । अनि यो समाजमा अर्को मूर्ख त्यो पनि हो जो धन बल छ भनेर धमास गर छ तर आफू सग बुद्धि छैन भनेर थाहा पाउदैन ।

सामुहिक संजाल (टिमवोर्क) ले बिश्व मा धेरै उपलब्ध गरिसकेको उदाहरण धेरै छन हामी जस्तो मूर्ख हरु को देशमा टिमवोर्क एउटा घरको पिलर हो । धेरै वटा रङ्ग मिसाएर सप्तरङ्गी बनाए जस्तै धेरै दिमाग का प्रस्तावहरु मिसाएर एउटा सहि निर्णय बनाए हर सकारात्मक मन त्यो चै ठूलो होस या सानो व्यक्ति बाट लिएको खण्डमा चै समानता भन्ने शब्द ले अर्थ पाउने थियो कि! कर्तव्य पूरा गर्न धन नै चाहिन्छ भन्नू फेरि घोडा लाई गधा भन्नू जस्तो हो अनि काम कर्तव्य पूरा गर्ने मान्छे ले मैले गरेको कहिले भन्दैन । आफ्नो कर्तव्य पूरा गर्ने मान्छे ले मैले येति गरेको छु , भन्नू गल्त तर्क हो। रगतको साइनोहरु धेरै जना हुन्छन तर त्यो भन्दा धेरै काम लाग्ने विस्वासको साइनोहरु हुन्छन। बाध्यताले आफन्त प्रतिको कर्तव्य सिकाइरहेको छ , अनि त्यहीँ आफन्त हरु लाई आफ्नो सहयोग गर्ने पराही ले आफ्नो बनाइरहेको छ ।

सोच्न नि अचम्म लाग्छ किन यो आफन्त भन्ने शब्द सुन्न येति मीठो छ तर किन व्यवहारमा येति तितो छ । हर समय आफन्तले आफ्नो मान्छे ठाने पराही लाई आफ्नो बनाउनु जरुरी पर्दैन। बल , त्रास ,धमास र राणसासन जस्तो ब्यवहार ले अरु लाई प्रयोग गर्छु भन्ने सोच अब को पिडित ले राख्नु हुन। पाखुरा ले भन्दा पनि अब सबैको बुद्धि बिबेक प्रयोग गर्नु ठिक ठान्छु म चै! अनि कुनै घटनाको यथार्थ नबुझी टिकाटिप्पणी गर्नु १००% गल्त कार्य हो । एक जिम्मेवार मानवले सल्लाह दिन्छ , सुझाव दिन्छ अनि जति सानो भए पनि हर सानो सानो कुरा मा समन्वय गर छ ,नयाँ नेतृत्व बनाउछ , अनि सबै लाई सहयोग र सम्मान गर्ने गर छ ।

अभिषेक खतिवडा

हल्दिवारी ३ ,ढडुवा बजार ,जलथल ,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार