२७ बैशाख । दमक ९ घरभई रोजगारीका क्रममा अमेरिका बस्दैआएका काङ्ग्रेस कार्यकर्ता शिव शाह र उनका भाई शंभु शाहले दमक ९ का अतिविपन्न परिवारलाई खाद्यान्न राहत सहयोग गरेका हुन । शाह दाजुभाईले पठाएको रु १ लाख रुपैयाको चामल,दाल,तेल लगायतका खाद्यान्न खरिद गरि दमक ९ दिपीना टोलका अतिविपन्न ६५ परिवारलाई राहत दिएका हुन् ।

राहत नेपाली कांग्रेस दमक वडा नम्बर ९ मार्फत आज शाहको निवासबाटै सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको  तथा ती परिवारलाई प्रति परिवार २५ किलो चामल, ४ किलो आलु, १ लिटर तेल, १ किलो नुन, १ किलो मटर, साबुन, दाल, बोडी सहितका राहत सामाग्री उपलब्ध गराईएको पार्टी नगर सभापति रोशन विष्टले जानकारीदिएका छ्न ।

राहत वितरणमा कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, जिल्ला सदस्यहरु उमाकान्त आचार्य, बिक्रम अधिकारी, रवि केसीसहित स्थानीय नेता सोमराज तामाङ, चन्द्रा खड्का भट्टराई, पदम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार