भद्रपुर (कमला भट्टराई) : रोजगरीको लागि गएको बेला लकडाउनका कारण भारतको उत्तराखण्ड राज्य स्थित हरिव्दारमा अलपत्र परेका ३९ नेपालीद्धारा नेपाल सरकार संग त्यहा“ बाट उद्धार गरी नेपालको सिमाक्षत्र सम्म भएपनि पु¥याउने व्यवस्था गरिदिन याचना गरेका छन् ।

उनिहरुले मजदुरीका लागि गएको बेला लकडाउनमा फसेर काम गर्न नपाएको मात्र नभई घर फर्कन समेत नपाई अलपत्र परेको बताउ“दै सरकार सम्म याचना पु¥याई दिन मिडिया लाई आग्रह गरेका हुन् । उनिहरु ५ महिना अघि उत्तराखण्डको हरीद्धारमा डीएसएन कम्पनीमा मार्केटिङको काम गर्न गएको थिए । तर, लकडाउनले काम पनि नपाएको र नेपाल घर फर्कन नपाएकाले उद्धार गरिदिन उनिहरुले याचना गरेका हुन् । मंगलबार समाजिक संञ्जाल फेसबुक मार्फत कुराकानी गर्दे अलपत्र परेकाहरु ३९ जना मध्ये मोरङ धनपालथान गाउपालिका वडा ७ का युवक रवीन्द्र यादवले ३ महिना देखी भारतमा फसेको बताएका छन् ।

भारतीय सरकारले नेपाल फर्कन अनुमति दिईसेकेको भए पनि नेपाल सरकारको अनुमति नभएको हु“दा कम्पनीको सानो कोठामा कष्टकर दिन विताउनु परेको उनले बताए । अलपत्र परेकाहरुमा चितवनका हिराराज बर्जाचार्य, धादिङका गणेश गुभाजु, तनहुका सन्दीप थापा, सुमन थापा लगायत ३९ जना रहेको उनको भनाई छ । उनिहरुले उद्धारका लागि स्थानीय सरकार, प्रदेश तथा नेपाल सरकारका सम्बन्धीत निकाय सम्म मिडिया मार्फत जानकारी पु¥याई दिन आग्रह गरेका छन् ।

रवीन्द्र यादवका अनुसार कम्पनी बन्द भएको र कम्पनीले नै अहिले सम्म खानेबस्ने ब्यवस्था गरेपनि लामो समय सम्म सुविधा नदिने जानकारी कम्पनीले गरेको सकेको छ । उनिहरु रहेको स्थानलाई भारत सरकारले रेड जोन घोषणा गरेको हुनाले त्यहा“ अलपत्र परेका उनिहरु जोखिममा रहेको बताएका छन् । उनीहरु लाई स्थानीय प्रशासनले घर बाहिर निस्कन नदिएको र ब्यक्तिगत पास बनाउन भारत सरकारको आधार कार्ड नभएकोले झनै समस्यामा परेका यादवले बताए । उनका अनुसार त्यहा“बाट नेपाली दूतावासको शरणमा जाने अबस्था पनि नरहेकोले उद्धारका लागि मिडिया नै एक मात्र सहारा भएको भन्दै याचना गरेका छन ।

लकडाउनकै बेला एकसातामा भारतमा दुई ठुलठुला दुर्घटना भएका छन् । बिशाखापट्टनममा ग्यास लिक भएर ११ जनाको मृत्यु भएको छ । मालगाडी रेलले किच्दा १६ जना मजदुरको एकै ठाउ मृत्यु भएको छ । उनिहरु बसेको ठाउ“मा पनि कुनैपनि बेला कुनै घट्ना भए कोठा भित्रै मर्नुपर्ने अवस्था रहेको यादवले बताए । यादवले अहिले सम्म बा“चेका नेपालीहरु अबका दिनमा भौकै प्यासै मर्न स्थिती सिर्जना हुने त्रास बढेको बताए । यादवले उद्धारका लागि सम्पर्क गर्न उनको भारतीय मोवाईल नम्बर +९१८५३९०२७९०० दिएका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार