भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदूरको निधन भएको छ । दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिँदै जिल्ला प्रशासनका अधिकारीहरुलाई तत्काल घटनास्थल गएर प्रभावितलाई राहत प्रदान गर्न निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुने अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका हुन् । उनीहरु लकडाउनका बिच आफ्नो घर जाने प्रयासमा थिए । शनिबार बिहान दुर्घटना भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार