काठमाडों l  साउथ फिल्मका चर्चित अभिनेता हुन् राणा दग्गुबाती । फिल्म ‘बाहुबली’ बाट चर्चामा आएका उनलाई धेरैले भल्लालदेव भनेर चिन्ने गर्छन् । फिल्म ‘बाहुबली’मा उनले खेलेको भल्लालदेवको भूमिका सबैले मनपराएका थिए ।

पछिल्लो समय लकडाउनको समयमा इन्गेजमेन्ट गरेर चर्चामा आएका उनी फेरि फरक कारणबाट चर्चामा आएका छन् ।भारतिय मिडियाका अनुसार उनले एक अन्तवार्तामा एक नौलो कुरा खुलाएका छन् । एक अन्तवार्तामा उनले आफ्नो दायाँ आँखा देख्न नसक्ने रहस्य खोलेका छन् ।

उनले अन्तवार्तामा आँखा नदेख्ने एक महिलासँग कुरा गर्ने क्रममा आफुले दायाँ आँखाबाट नदेख्ने बताएका हुन् । उनले बायाँ आँखाबाट मात्र देख्ने र त्यसमा पनि अर्कैले दान दिएको बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार