आमा मलाई सुशीला मन पर्‍यो .. रामहरि ले आफ्नो आमालाई फ़ोनबाट भन्यो ! के भन्यौं रे , अस्ति त तिमिले नै भनेको हैन न रुप न सुन्दर भनेर..! तिमिलाई त त्यतिबेला मोर्डम केटि चाहियो जो सामाजिक कार्यक्रममा सँगै लिएर हिड्ने खाल्की..
आमा भनेनी मैले मलाई सुशीला मन पर्‍यो भनेर ! तपाईं फ़ोन गरेर भन्दिनु न… त्यसैबेला ढोका ढक-ढकको आवाज आउँछ ! ढोका खोलेर हेर्दा पाण्डे अंकल हुन्छन् , रामहरि बाबू खाना रेडिभयो हिड्नुहोस खानलाई ..
रामहरि : हुन्छन् अंकल , म आमा सँग कुरा गर्दै थिए; लिनुस तपाईं कुरा गर्नुहोस् … !

नमस्कार सुजता बहिनी…
हजुर नमस्कार …

बहिनी यहाँ सबै ठिकै छ… एउटा कुराको दु:ख लागिरहेको छ! लकडाउनले गर्दा राम्रोसँग मेजमान गर्न पाइरहेका छैनौं जो घर वरिपरि को साग सब्जी खुवाइ रहेका छौँ ! भर्खर खानाको लागि रामहरि बाबुलाई कोठामा बोलाउन आएको थिए! हस त नमस्कार !
अंकल हजुर अगाडि हिड्नुहोस म हातमुख धुएर आउँछु .. अंकल हुन्छ बाबू भन्दै भान्साकोठा तिर लाग्छन् !

खास रामहरि काठमाडौ बाट चितवन केटि हेर्नको लागि आएको थियो! जो कि उसको ममिको साथी रमिला कि छोरी सुशीला लाई ! रामहरि र सुशीला को देखाभेट भयो! तर पहिलो नजरमा नै मन पराएन! कारण काठमाडौमा संगिता थिइ मोर्डन जमानाकी उसको अगाडि सुशीला घरेलु केटि कुर्था-सरवाल लगाउने दुई पट्टि कपाल बाटेकी !

उ फर्किएर २४कोठी एअरपोर्ट आउदै थियो लकडाउन भयो ! न प्लेनबाट घर जान सक्यो न बस माइक्रोबाट नै ! उ फ़ेरि फर्किएर आमाको साथी रमिलाको घरमा नै गयो!

लकडाउन भएको १ महिना बढी भयो , रामहरि दिन-रात यहीँ परिवार सँग र विशेष गरि सुशिला सँग प्रभाबित हुँदैथियो ! घरको काममा उसको मिहेनत, सबैलाई आदर ले बोल्ने र खाना बनाउनमा त कुनै खोट नै थिएन! रामहरि लाई लाग्न थाल्यो उसको आमा भान्साकोठामा उसलाई मनपर्ने खानेकुरा पकाउदै छिन! यस्तै केटिको कल्पनामा उ रातमा खुशी हुँदै निदाउने गर्थ्यो जसमा रामहरिले आमाको छवि देख्न थाल्यो!

खाना खाने समय रामहरि ले सबैको अगाडि आफ्नो मनमा लागेको कुरा भनि नै दियो: म सुशिला सँग बिबाह गर्न चाहन्छु …..
पाण्डे परिवार धेरै नै खुशी थिए, तर सुशिलाले सबैको अगाडि प्रस्तावलाई इन्कार गर्दै भनी: तपाइँलाई त मोर्डम केटि चाहिएको थियो ! तर म एक साधारण घरेलु केटि हुँ ..तर, अब म तपाईंको रोजाइमा कसरी पर्न सफ़ल भए?

रामहरि – हो पहिला त , म तपाईं सँग माफी माग्न चाहान्छु.. जुन मैले तपाईंको बारेमा भने..! म बास्तबमा बाहिरी रंग सुन्दरतालाई प्राथमिकता दिन्थे तर तपाईं र तपाईंको पबित्र मन र सुन्दर भावनालाई देखेर मनमा लाग्यो कि असल सुन्दरता त मनमा हुने रहेछ.. !
मैले बिबाहको प्रस्ताबलाई एक घरेलुु केटि भनेर इन्कार गर्नुका बाबजुद पनि तपाईंले गर्ने व्यबहारमा कुनै परिवर्तन आएन ! तपाइँहरु सबैले मलाई एक महिना अगाडि देखि आफ्नो छोरा सरह व्यबहार गरिरहनु भएको छ ! कुनै भेदभाव छैन , यहीँ कुराले मेरो हृदयलाई छुयो!

जुन केटीलाई मैले मन नपराउँदा पनि सम्मान व्यबहार गरि रहिन ! मेरो लागि परिकार बनाएर १ महिनादेखि झेल्दै आइन उ भन्दा राम्रो जिबनसाथी मलाइ कोहि अरु मिल्नेवाला छैन !

जस्तो हरेक केटिले आफ्नो श्रीमानमा आफ्नो बुबाको छवि देख्छन् भने , यसैगरी मैले सुशिलामा आफ्नो आमाको छवि देखे जो निस्वार्थ मलाई प्रेम गरिरहन्छ!

सुशीलाले रामहरिको आँखामा हेरि , आज उसमा कुनै खोट भावना या कुनै स्वार्थ भाव कमि देखिएन ! देखिएको थियो त केवल प्रेमले भरिएको सम्मान ! -सन्तोष कार्की

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार