बुबा मैले तपाईंको लागि हलुवा बनाएकी छु ११ बर्षकी छोरिले आफ्नो बुबालाई भनी: जो भर्खर अफिसबाट घर आइपुगेका थिए! बुबा – वाह, कति राम्रो ल्याएर खुवाउ न त बुबालाई ! छोरी दौडिदै भान्साकोठा गई र ठुलो कचौरामा भरी हलुवा लिएर आइ !

बुबाले हलुवा खान सुरु गरे… र छोरिले देखि बुबाको आँखामा आँसु आइरहेको थियो! के भयो बुबा , हलुवा मीठो भएन हो … बुबा- हैन मेरि छोरी हलुवा मीठो बनाएकी छौँ .. र हेर्दा हेर्दै बुबाले पूरा कचौरा खाली गर्दिए यत्तिकैमा ममि बाथरुमबाट नुहाएर बाहिर आइन र भनिन: “लौ आज तेरो हलुवा मलाई पनि चखा त छोरी”! बुबाले छोरिलाई ५० रुपैया बक्सिस दिए ! छोरी खुशी हुँदै ममिको लागि भान्साबाट हलुवा लिएर आइ तर ममिले हलुवा पहिलो गाँस मुखमा लगाउने बित्तिकै तुरुन्तै भुइँमा थुक्दिइन र भनिन:

यो के बनाको? यस्तो पनि हलुवा हुन्छ? यस्मा त चिनी हैन नुन हालेकी छ! र फ़ेरि बुबाले यस्तो कसरी खाए.. यो त बिष हो! मैले बनाएको खाना त कहिले नुन खुर्सानी कमि भयो त कहिले धेरै भयो भनी अब्जस लगाइरहनु हुन्छ! तर , छोरिलाई किन केही भन्नुहुन्न … उल्टै इनाम दिनुहुन्छ.. ! बुबा हाँस्दै: पग्ली तेरो र मेरो जिबनभरको सम्बन्ध छ ! श्रीमान श्रीमतिमा त यस्तो अब्जस लडाइ, झगडा, रिसाउनु, खुशी पार्नु, यो त भैरहन्छ ! तर उ त हाम्रो छोरी हो भोलि हामिबाट छुट्टिएर जान्छे तर आज उसलाई यो आफ्नोपनको महशुस होस् !

जुन मलाई यसको जन्मदिनको समय भएको थियो! आज यसले धेरै मायाले पहिलोपटक मेरो लागि केही बनाएकी छ! फ़ेरि हलुवा जस्तोसुकै होस् , मेरो लागि सबैभन्दा राम्रो र सबैभन्दा स्वादिष्ट नै हुन्छ! छोरिहरु आफ्ना बुबाकालागी गुडिया र राजकुमारी हुन्छन् ! जो तिमी तिम्रो बुबाको लागि छौँ ! उ रुँदै श्रीमानको गलामा टासिई , र सोचिरहेकी थिइ यसैले हरेक नारिहरु आफ्नो श्रीमानमा आफ्नो बुबाको छबि खोज्छन् !

साथिहरु यहि साँचो हो, प्रत्येक छोरी आफ्नो बुबाको नजिक हुन्छन् जस्तै कलेजोको टुक्रा , त्यसैले छोरिको बिबाहको दिन सबैभन्दा बढी बुबा नै रुँन्छ्न ! त्यसैले प्रत्येक बुबा हरेक समय आफ्नो छोरिको चिन्ता गरिरहन्छन !

-सन्तोष कार्की

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार