दक्षशक्ति विदेश पठाई देश कहिले सम्म बनाउछौ तिमिले
अरूको प्रगति कहाँ पुगि सक्यो कहिले समाउछौ तिमिले ?

पूर्खाले राखि दिएको ईज्जत पनि जान लागि सक्यो आज
पूर्खाले झैं पराईका माझ कहिलेसम्म जमाउछौ तिमिले  ?

देशको जङ्गे पिल्लरहरू आज दिनदहाडै हराईरहँदा पनि

नबोलिकन विपक्षिलाई कहिले सम्म मनाउछौ तिमिले ?

चिप्ला कुरा गरि शत्रुले तिम्रा छातिमा किल्ला ठोकि सके
देशको चिन्ता लिएझै गरि कहिले सम्म कनाउछौ तिमिले ?

उठ्न ढिला भैसक्यो ए महासय देशलाई छातिमा राखि
जनताको माझ बदनाम कहिलेसम्म कमाउछौ तिमिले ?

-बैराागी बोहोरा
भरतपुर-११, चितवन

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार