गुरु ढकाल –  इटहरी : विश्व साइकल यात्री पुष्कर शाह इटहरी आएका छन् ।  पश्चिम महाकालीदेखि पूर्वी ईलाम सम्म साइकल यात्रामा रहेका पुष्कर शाह सहितको टोली सोमबार इटहरी आइपुगेको हो । २४ दिने साइक्लिङ यात्रामा पूर्वी नेपालको पर्यटकीय स्थल ईलामको श्री अन्तुसम्म हिँडेको टोली सोमबार इटहरीमा आईपुगेको हो । झण्डै दुई दर्जन सहितको टोली बुधबार श्री अन्तु पुग्ने कार्यक्रम रहेको छ ।

‘देशैभर साइकलबाटै घुमौँ भन्ने उदेश्यले हामी महाकालीदेखि मेचीसम्मको यात्रामा छौँ,’ शाहले भने, ‘आन्तरिक पर्यटन प्रबद्र्धनसँगै साइकलबाट देश घुम्ने राम्रो माध्यम पनि हो यो ।’ नेपाल साइकल उत्सव नाम दिएर आँफूहरु उत्साहित हुँदै यात्रामा निस्किएको उनले बताए । ‘व्यायाम मध्येको एउटा आधार साइक्लिङ रहेको उनले बताए । ‘म त जुन सहरमा जान्छु, त्यो सहरलाई मावल भन्छु,’ उनले भने, ‘हामीले हरेक दिन घरदेखि काममा जादाँ मात्रै पनि साइकल चलाउँने हो भने हरेक कुरामा फाइदा हुन्छ ।’

उनले साइकल चलाउँदा दैनिक पेट्रोल पनि आवश्यक नपर्ने भएका कारण कार्बनडाइअक्साइड उत्पादन नहुने भएकाले स्वास्थ्य सहज हुने तर्क गरे । स्वास्थ्य सहज भएको अवस्थामा पछि स्वास्थ्य कार्यालय पनि जान नपर्ने उनको भनाई थियो ।
शान्तिको सन्देश लिएर उनले १ अगस्ट १९९८ मा यात्रा आरम्भ गरेको थिए भने १७ मे २०१० मा सगरमाथा चढेर आफ्नो विश्व साइकल यात्रालाई बिट मारेका थिए । विश्वका १५० बढी मुलुकको यात्रा गरेका उनी युवाहरुका लागि प्रेरणाको स्रोतका रुपमा चिनिन्छन् ।

यसैबीच शाहलाई तरहरा जेसीजको सप्ताह कार्यक्रमको अवसर पारेर सम्मान पनि गरिएको छ । शाहले तरहरा जेसीजको सप्ताह कार्यक्रमको साइक्लिङ गरेर उद्धघाटन गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार