बैदेशिक रोजगारबाट फर्केकालाई सिटिजन बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ׀ बैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यमशिलतामा स्थापित गर्न सहयोग पुर्याउंदै आएको रिटर्नी माइग्रेन्ट नेपाल र सिटिजन बैंक बीच सहुलियत कर्जामा सहकार्यका लागि आज काठमाण्डौमा सम्झौता भएको छ ׀ बैंकका तर्फबाट एस।एम।ई प्रमुख अमित खनाल र सँस्थाका तर्फबाट अध्यक्ष उत्तम अधिकारीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ׀

सम्झौता बमोजिम रिटर्नी माइग्रेन्ट नेपालले बैदेशिक रोजगारबाट फर्केर उद्यम गरिरहेका र थप लगानी नभएका कारण अप्ठ्यारोमा परेका तथा रिटर्नीहरुको उद्यम प्रवर्धन र बिकासका लागि आवस्यक कागजात रुजु गरि सिफारिस गर्नेछ भने सिटिजन बैंकले आवस्यक प्रकृया पुरा गरि कर्जा उपलब्ध गराउनेछ ׀ यस अघि रिटर्नी माइग्रेन्ट नेपालले एन एम बि बैंकसंग सोहि प्रकृतिको सम्झौता गरेको थियो ׀ जसबाट थुप्रै रिटर्नी माइग्रेन्टहरुले सहुलियत कर्जा प्राप्त गरेका थिए ׀

४५ वटा जिल्लामा ११० वटा शाखा रहेको सिटिजन बैंक मार्फत सहज रुपमा उक्त कर्जा उपलब्ध गराउनका लागि दुवै पक्षले अधिकतम पहल गर्ने जनाएका छन् ׀ सँस्थाले आफ्ना आजीवन सदस्यता प्राप्त गरेकालाई मात्र उक्त सहुलियतपूर्ण कर्जाका लागि सिफारिस गर्ने बताएको छ ׀ उक्त कर्जा आवेदनका लागि पासपोर्ट, पछिल्लो भिसा, अन्तिम पटक नेपाल आएको अराईभल स्टिकर, श्रम स्टिकर, नागरिकताको फोटोकपी, व्यवशायिक परियोजना, कम्पनिरफार्म दर्ताको प्रमाणपत्र, प्यान कार्डको प्रमाणपत्र, एकाघरका जमानिकर्ता लगायत कागजात र रिटर्नी माइग्रेन्ट नेपालको सिफारिस पत्रको जरुरत पर्दछ ׀ त्यसैगरी पुरानो कम्पनिरफार्मको हकमा पछिल्लो अडिट रिपोर्ट र कर चुक्ताको प्रमाणपत्र पनि आवस्यक पर्ने बताइएको छ ׀

सम्झौताका दुवै पक्षले रिटर्नी माइग्रेन्टहरुको क्षमता बिकास र वित्तीय साक्षरताका लागि सघाउ गर्नेछन् ׀ सँस्थाले बैंकका शाखा रहेका जिल्लाबाटै सिफारिसको ब्यबस्था मिलाउने जनाएको छ ׀ सँस्थाले हालसम्म ३७ जिल्लामा जिल्ला सम्मेलन गरि जिल्ला शाखा गठन गरिसकेको छ भने थप केहि जिल्लामा शाखा गठनको तयारी रहेको बताइएको छ ׀

रिटर्नी माइग्रेन्ट नेपालले आफ्नो स्थापनाकालदेखि नै स्वदेश फर्किएकाहरुको लागि बिभिन्न किसिमका तालिम, उद्यमशीलता बिकास कार्यक्रम, सामुहिक लगानीमा प्रोत्साहन तथा राज्यले रिटर्नी माइग्रेन्टहरुका लागि अघि सारेको सहुलियतपूर्ण कर्जामा बैंक र रिटर्नीहरुबीच समन्वय र सहयोग पुर्याउंदै आइरहेको छ ׀ स्वदेश फर्किएकाहरुसंग भएको सीप, अनुभव र पूंजीको उपयोगिता तथा रिटर्नी माइग्रेन्टहरुको क्षमताको पहिचान गर्दै राज्यको नीति तथा कार्यक्रममै रिटर्नीका मुद्दा स्थापित गर्न सँस्थाले बिशेष भूमिका खेल्दै आएको छ ׀ सँस्थाको पहलकदमीमा बिभिन्न जिल्लामा रिटर्नी माइग्रेन्टहरुले उद्यम शुरु गरेका र वित्तीय सहयोग प्राप्त गरेका छन् l

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार