न्यूज व्यूरो- चन्द्रगढी । राजश्व चुहावट भएको सूचना पाएपछि राजश्व अनुसन्धान कार्यालय इटहरीले धरानको राम निवासमा छापा मारेर सिल गरेको छ ।

आज बिहीबार दिउसो साढे ११ बजे राजश्व अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख दीपक खडकाको नेतृत्वमा आएको टोलीले राम निवासमा छापा मारेको हो । राम निवास भित्र ग्लोबल इम्पेक्स र एसएन इन्टरनेशनल नामक दुई फर्म छन् ।

ती फर्महरुमा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारी अनुसन्धान पुरा नहुन्जेल सम्मलाई सिल गरेको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खडकाले जानकारी दिएका छन् । कार्यालयमा हार्डवेयर सम्बन्धीका सामाग्रीहरूमा राजश्व छली गरी सामाग्री ल्याइएको विशेष सूचना आएपछि छापा मार्दै आवश्यक कागजपत्र खोजविन गरीएको थियो ।

यद्यपि, पसलमा कारोबार गरिएको आवश्यक कागजात, बिल विजक केही पनि फेला पार्न सकिएन । त्यसपछि राजश्वले पसल सिल गरेको हो । ग्लोबल इम्पेक्स र एसएन इन्टरनेशनलका प्रोप्राइटर धरानका व्यापारी किसन अग्रवाल हुन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार