झापा –   नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत रहेको छ । शनिबार थप एक हजार ९१६ जना संक्रमणमुक्त भएका छन् । योँसगै संक्रमणमुक्त हुनेको संख्या सात लाख नाघेको छ । ।

पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो । आज देखिएको सङ्क्रमित सङ्ख्या सहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ ।

यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नौ हजार ८५७ जना पुगेका छन् । प्रति १० लाखमा ३३२.२ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।

यसैगरी सघन उपचारकक्षमा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार