नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ । आज(बिहीबार) बिहान रावलको निजि निवास टोखामा विप्लव र रावलबीच भेटवार्ता भएको हो ।

विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित टोखा पुगेका थिए । भेटवार्तामा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा कुरा भएको बताइएको छ । एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षा लागि एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । एमसीसी संसदमा पारित भएपछि विपल्वले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । भेटवार्तापछि ट्विट गर्दै नेता रावलले देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने बताएका छन् ।

रावलले ट्विटरमा लेखेका छन् ‘आज नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवु र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो । देशभक्त एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।’

यसअघि उनले बुधबार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेमकिपाका अध्यक्ष नारायमाण बिछुक्छेलाई भेटेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार