पहिलो टी-ट्वान्टी खेलमा आज(आइतबार) नेपाल र जिम्बाबे ‘ए’ भिड्दै छन् । काठमाडौँको त्रिवि मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपालले जिम्बाबे ‘ए’ विरुद्ध एकदिवसिय र टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपालले जिम्बाबे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । नेपाल जिम्बाबेलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदैछ भने पाहुना टोली पनि घरेलु टोली नेपाललाई उसकै मैदानमा हराउदै सिरिजमा विजयी सुरुवात गर्ने योजनामा रहेको छ ।

यसअघि पहिला एकदिवसीय खेल्ने तय भैसकेको भएपनि शनिबार पानी परेकाले मैदान चिसो भए पछि एकदिवसीय स्थगित गरेर पहिला टी-२० सिरिज खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सिरिज अन्तर्गत नेपालले दोस्रो टी-२० खेल सोमबार र तेस्रो तथा अन्तिम खेल आगामी बुधबार खेल्नेछ । टी-ट्वान्टी सिरिज पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

१० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार