घरेलु टोली श्रीलंकाविरुद्धको लगातार दोस्रो टी-२० खेलमा विजयी हुँदै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ । बुधबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हरायो । योसँगै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनायो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्यो । श्रीलंकाका चारिथ असलंकाले सर्वाधिक ३९ रन तथा कुशल मेन्डीसले ३६ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले सर्वाधिक ४ विकेट लिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार