तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय खेलमा वेष्ट इन्डिजलाई डीएल म्याथोड पद्धतिमा ५३ रनले पराजित गर्दै पाकिस्तानले श्रृंखलामाथि ३–० को ‘क्लिन स्विप’ गरेको छ ।घरेलु मैदानमा मुल्तान पाकिस्तानले प्रस्तुत गरेको २७० रनले लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३७ ओभर २ बलमा २१६ रनमा समेटिएको थियो ।

वेष्ट इन्डिजका एक खेलाडीले मात्रै अर्धसतकीय योगदान गरे । एकेअल होसेनले सर्वाधिक ६० रन बनाए । पाकिस्तानका सादव खानले सर्वाधिक ४ विकेट लिए ।यस अघि घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेका पाकिस्तानले ४८ ओभरमा छोट्टाइएको खेलमा नौ विकेट गुमाउँदै २६९ रनको योगफल तयार पारेको थियो। पाकिस्तानका दुई खेलाडीले अर्धसतक पूरा गरे ।

सदाव खानले सर्वाधिक ८६ रन बनाए भने इमाम उल हकले ६२ रन जोडे । वेष्ट इन्डिजका निकोलास पूरानले सर्वाधिक ४ विकेट लिए । यस अघि पहिलो खेल पाकिस्तानले पाँच विकेट र दोस्रो खेल १२० रनले आफ्नो पक्षमा पारेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार