भाद्र -२४ गते बिपि जन्म जयन्तीको दिन नेपाली काङ्ग्रेसका केन्द्रीयस्तर  देखि गाउँ स्तरीय नेता कार्यकर्ता ले जन्म जयन्ती मनाउने परम्परालाई कायम राख्दै यो बर्ष पनि मनाइयो।
एकजना साथीले बिपि जन्मजयन्ती मनाएको बारेमा लेख्नुहुन्छ:-,  “अचम्म लाग्छ काङ्ग्रेसले बिपिको पथ छोडेर दिल्ली बाह्र बुँदेपछि प्रचण्ड पथ अङगालेको होईन अब बिपि जयन्ती मनाउन आवाश्यक छ र  ?  यो त खसिको टाउको देखाएर कुकुरको मासु बेचे जस्तो भो ”
यस खालको टिप्पणी आएपछि मलाई पनि एउटा लेख बनाउन नै मन लाग्यो, आफु त बौद्धिक व्यक्तित्व पनि परिएन, बौद्धिक साथीहरू संगको दाँजोमा बस्न र लेख्न पनि गाह्रो साधारण व्यक्तिले त्यसैले उक्त कमेन्ट चित्त बुझेन र आफ्नै मनलाई चित्त बुझाउन पनि लेख लेख्ने ऑट गरे।
उक्त कमेन्टका क्रममा बौद्धिक साथीले गरेको कमेन्टलाई मध्यनजर गर्दा, ” सेतो सर्टमा कालो दाग लागेर छर्लङ्ग दाग देखिएजस्तो लाग्यो”। यो बिपि जन्म जयन्तीको दिन बिश्वबाट २००६ बैशाख १० गते पुष्पलाल श्रेष्ठले नेपाल भित्र्याएर ल्याएको मुठ्ठीबाँधेर अभिवादन कमरेड भनेर कार्लमाक्सको जन्म जयन्ती मनाउने दिन  होईन होला भन्ने मेरो मनमा कुरा खेलिरह्यो। साथै हँसिया हथौडा अङ्कित झण्डालाई प्रयोग गर्ने  अनि #मुठ्ठीबाँधेर अभिवादन कमरेड# भन्ने साथीहरूलाई राख्ने भाषा:-
“यो त खसिको टाउको देखाएर कुकुरको मासु बेचे जस्तो भो”
राख्नपर्नेमा लोकतान्त्रिक समाजवाद मान्ने साथीहरूलाई उक्त भाषा राखेर सोध्नपनि अनौठो र अचम्म लाग्यो।
तिनै कमेन्ट गर्ने साथीले अहिले भएको पाँचदलीय गठबन्धनका बारेमा पनि भन्न खोज्नु भएको होला, तर  मोही माग्न जाने ढुङ्ग्रो लुकाउने प्रवृत्ति पनि राम्रो होईन, वास्तविक आए राम्रो हुन्थ्यो
हाम्रो देशको शासन ब्यबस्था नै मिश्रित प्रणाली छ, तपाईहामीलाई थाहा भएकै बिषय हो, २०६४ चैत २८ गते भएको सम्बिधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फ १२० सिट जितेर पनि बहुमत ल्याउन सकेन, अब देश बनाउने न्युनतम साझा धारणा बनाएर लैजाने पार्टीहरू बिच गठबन्धन बनाएर निर्वाचनमा जाने हो भने मात्र बहुमत आउन सक्छ। नत्र भने हङ्ग पार्ल्यामेन्ट, देशले बारम्बर निर्वाचन धान्न नै सक्दैन, यस अघि २०७४ सालको सङ्घीय निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र  मिल्दा १७४ सिट प्राप्त गरेको थिएन र यो काङ्ग्रेसका कारणले केपी ओलीलाई सरकार छाड्ने वातावरण त बनाएको थिएन ,सरकार बनेर बिश्वासको मत लिदा दुईतिहाई भन्दा बढिको बिश्वासको मत प्राप्त गरेको नै हो। केपी ओलीको अकर्मण्यताले सङ्घीय सरकार मात्र हैन, छ वोटा प्रदेश सरकारबाट पनि हात  धुनु परेको इतिहास साक्षी छ। अब नेपालमा गठबन्धन नगर्ने हो र एक्लै निर्वाचन लड्ने हो भने मिश्रित प्रणालीय शासन ब्यबस्था र प्रदेश सभा खारेज गर्नु पर्ने हुन्छ, त्यस तर्फ सबै पार्टीहरू लाग्छन त ? प्रश्न उब्जिएको छ। मैले त मिश्रित प्रणालीय शासन ब्यबस्था र प्रदेश सरकार खारेजीको माग गरि लेख लेखेर हल्दिवारी अनलाइन खबरमा प्रकासन गराईसकेको छु।
भारतमा पनि सन २००४ देखि काङ्ग्रेस आईले नेतृत्व गरेको पार्टीको गठबन्धन UPA र बिजेपिले गठबन्धन गरेको पार्टी NDA बिच प्रतिस्पर्धा हुदैगरेको पाउछौ , त्याहा मिश्रित प्रणाली शासन ब्यबस्था छैन, तरपनि ५४३ सदस्य लोकसभामा सदस्य निर्वाचित भएर जान्छन। त्यो सङ्ख्याको एकाउन्न प्रतिशत अर्थात दुईसय ७२ जना सदस्य बहुमत प्राप्त गर्न संख्या चाहिन्छ कसैको बहुमत आउदैन । त्याहा पनि गठबन्धन छ, कम्युनिष्ट पार्टी संग काङ्ग्रेस आई को गठबन्धन छ। के त्याहा काङ्ग्रेस आईले जवाहरलाल नेहरूको जन्म जयन्ती मनाउदा कार्लमाक्सको जयन्ती मनाउने भनेर लेखिएको सुन्न पाइएको छैन, नेपालमा नै हरेक प्रकार सुन्न पर्दो रहेछ,
“कही नभएको जात्रा हाँडी गाउँमा”
भन्ने उखान जस्तो लाग्यो । सन २००४ र २००९ मा गरि दुईपटक काङ्ग्रेस आईको UPA गठबन्धनका प्रधानमन्त्री मनमोहन सिंह ले दश बर्ष चलाएका थिए भने सन २०१४ र २०१९ मा गरि दुई पटक बिजेपिको NDA गठबन्धनले हाल सरकार चलाई रहेको छ। याहा त धेरै बुझ्ने भनिएका बुद्धिजीवी नै दुसप्रचार गरि रहेको पाउछौ। त्यसैले सबै बुद्धिजीवी महानुभावहरू र म स्तरीय  साथीहरूलाई मेरो आग्रह छ, बुझेर बुझ नपचाउन अनुरोध गर्दछु। गठबन्धनको बिषयमा आ-आफ्नो मत राख्न पाईन्छ  तर त्यसको दिर्धकालिन समाधान के भन्ने बिसयमा समाधान पनि आवोस, समस्या लेख्न जति सजिलो छ समाधान निकाल्न अप्ठेरोमा फलेको फर्सि जस्तो हो भन्ने बुझिदिन आग्रह गर्दछु।
नेपालमा पनि गठबन्धनको आवाश्यक रहेको सबै पार्टीहरूले महसुस गरेका छन, नेपाली काङ्ग्रेसको गठबन्धनमा अलिक जनाधार भएका पार्टीहरूबीच गठबन्धन भएको कारण नेकपा एमालेले यस्तो गठबन्धनको चर्को बिरोध गरेको मात्र हो, त्यही पार्टीले पनि गठबन्धन गरेर यस अघिपनि निर्वाचनमा गएकै हो र मङ्सिर-४ गते हुने निर्वाचनमा पनि केही पार्टीहरूसँग गठबन्धन गरेको नै छ, आफु र आफ्नो पार्टीलाई कही २०७४ को निर्वाचनमा नेपाली काङ्ग्रेसलाई प्रत्यक्ष तर्फ २३ सिटमा झारिएको थियो त्यो भन्दा तल हाम्रो पार्टीलाई पाँचदलीय गठबन्धनले झार्ने त होइन भन्ने चिन्ता लाग्नु स्वभाविक हो।
अन्त्यमा मेरो लेखलाई यही बिश्राम दिन चाहान्छु।धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार