कविता
संविधान दिवसको शुभकामना ।

कसैले संविधान दिवस संविधान च्यातेर नै मनायौ
कसैले संविधान दिवस कालो दिनको रूपमा नै मनायौ
कसैले संविधान दिवस दिपावली गरेर मनायौ
कसैले संविधान होलिवाइन र मार्सी खाएर मनायौ
हामी मध्य कत्तिले त संविधान दिवस फर्सी नै खाएर मनायौ
संविधान जलाएर कालो दिन मान्नेहरुलाई मन्त्री सांसद नै बनायौ
जङ्गलमा भौतारिएको माओवादीलाई सान्तिमा ल्याएर गणतान्त्रिक संविधान बनायौ
हामीले सेतो हात्ती देशले धान्न सक्दैन भनेर राजा फाल्यौ
तर फेरि किन हामीले अहिले आएर हजारौं राजा पाल्यौ!
गरिब किसानको मधेसी मुलको छोरोलाई राष्ट्रपति बनायौ
घरकी रानीलाई नै त बडा महारानी बनायौ
महिला दलित अपाङ्ग आदि सबैलाई सांसद सभामुख मन्त्री सम्म बनायौ
संविधानका नट बोल्टु सबै खोल्दै लाउदै गरेर काम नै नलाग्ने बनायौ
जङ्गलको तरबार र नारायणहिटि दरबारलाई एउटै दापमा मिलाएर गणतान्त्रिक संविधान बनायौ।
दुई दुई वटा साम्यवादी प्रधानमन्त्रीले नबनाउन सकेको संविधान
समाजवादी सादकी प्रधानमन्त्री स्व. सुशील कोइरालाको नेतृत्वमा सफल बनायौ
तर आज तिनै सादकी प्रधानमन्त्री सुशील कोइरालालाई संविधानका पिता भन्न नसकेर गनायौ!
राजतन्त्र फालेर गणतन्त्र ल्याउने महापुरुष पूर्व प्रम स्व. गिरिजा प्रसाद कोइरालालाई प्रथम राष्ट्र्पति बन्न नदिएर हामी कहाँनेर चुक्यौ गनायौ!
समग्र रुपमा जे जस्तो भए पनि रुखकै शितल छहारी मुनि बसेर हिजो संविधान बनायौ
हिजो भाषालाई शब्दले पछ्याउनु पर्छ आलोचनात्मक समर्थन छ
यो संविधानमा हाम्रो भन्नेहरु पनि त कुर्सीमा बसेर डकारेरै भएपनि खुशीले आज संविधान दिवस मनायौ।
कार्यनयन पक्ष फितलो कमजोरी भयो होला
तर पनि समग्रमा संसारको उत्कृष्ट संविधान मध्य एक बनायौ
सबैमा संविधान दिवसको हार्दिक हार्दिक शुभकामना।
रचनाकार
राज कुमार कार्की
मेची नगर १५, झापा।
धन्यवाद ।
शुभ विहानी ।

Poem.
Happy Constitution Day.

Someone celebrated the Constitution Day by tearing the Constitution.

Some celebrate Constitution Day as a black day.

Someone celebrated Constitution Day by Diwali.

Some celebrate the Constitution by eating Holiwine and Marcy.

How many of us celebrate Constitution Day by eating pumpkin?

We have made those who consider it a black day by burning the constitution as ministers and parliamentarians.

We brought the Maoists wandering in the forest to peace and made a republican constitution.

We threw the king that the white elephant country cannot afford

But why did we come now and raise thousands of kings!

We made the son of a poor farmer’s Madhesi family the president.

We made the queen of the house the great queen.

We have made women, Dalits, disabled people, etc., MPs, Speakers, and Ministers.

By loosening all the nuts and bolts of the constitution, we made the work more successful.

We made a republican constitution by combining the sword of the forest and the Narayanhiti palace.

A constitution cannot be made by two communist prime ministers.

Samajwadi Sadaki Prime Minister.
We made it successful under the leadership of Sushil Koirala.

But today we can’t call Sushil Koirala, the prime minister of Saad, the father of the constitution!

The great man who threw away the monarchy and brought the republic.
Girija Prasad Koirala was not allowed to become the first president.

As a whole, no matter what, the constitution was made yesterday, sitting under the shade of a tree.

The creator

Raj Kumar Karki

Mechi Nagar 15, Jhapa
Thanks
Good morinng.

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार