बिर्तामोड ,झापा ।रास्ट्रीय स्वतन्त्र पार्टिकी केन्द्रीय सदस्य तथा संघिय संसद साेविता गौतमले रास्वपा सानाे पार्टी नभएर जनमतका आधारमा देशकाे चौथाे ठुलाे दल भएकाे बताएकी छन ।

झापाकाे अर्जुनधारा, भद्रपुर,गौरादह नगर भेला तथा कचनकवलमा भएको भेलालाई सम्वाेधन गर्दै उनले उक्त कुरा बताएकी हुन । उनले आफ्नाे चुनावी कार्यक्रममा आफ्ना समकक्षी साथि काेहिपनि नभेटेकाे स्मरण गर्दै युवा जती सवै विदेशीनुले आफू दुखीत रहेकाे समेत बताएकी छन ।

रास्वपा देशकै चौथाे ठुलाे दल भैरहदा झापाकमा समानुपातिकमा भने ८७ हज्जार भन्दा बढि मत प्राप्त गर्दै तेस्राे ठुलाे दल बनेकाेमा खुसी व्याक्त गरिन ।

झापा चेनशिल मानिसहरु बस्ने जिल्ला रहेकाे बताउदै आगामी निर्वाचनमा झापा घण्टीमय हुने उद्घाेस समेत गरिन । उनले अबकाे राजनिती बा हरुले छाेराछाेरि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउदै पुर्व प्रधानमन्त्री केपी ओलीकाे क्षेत्रनै संक्रमित रहेकाले अब युवापुस्ताले नेतृत्व लिनुपर्ने समय आएकाे बताएकी हुन ।

उनले ओलीप्रति कटाक्ष गर्दै अब छाेरा छाेरिलाई नेतृत्व दिएर आराम गर्नु भनिन । झापाले एक से एक नेता जन्माए पनि पार्टी भन्दा माथि उठ्न नसकेकाे भन्दै उनिहरु प्रति प्रश्न चिन्ह खडा गरिन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार