नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ५-५ रुपैयाँ घटाएको छ।

निगमले आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरलदे घटाएको छ।

आयल निगमले दुई वर्षपछि भूगोलअनुसार फरक–फरक हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रणाली पनि  लागु गर्ने भएको छ।

निगमले यसअघि गत ५ असारमा हवाई इन्धनको मूल्य दश रुपैयाँ घटाएको थियो। यसैगरी, २ जेठमा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर दश रुपैयाँ घटाएको थियो भने २० चैतमा पेट्रोलमा तीन रुपैयाँ घटाएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार